कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
आँधीखोला खबर : नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी ९ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२० पुगेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेमा १८, १९, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया ९ पुरुषहरु र एक उमेर नखुलेकी महिला रहेका छन् ।
अधिकारीका अनुसार कोरोना संक्रमण भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


