कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

आँधीखोला खबर : नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी ९ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२० पुगेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेमा १८, १९, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया ९ पुरुषहरु र एक उमेर नखुलेकी महिला रहेका छन् ।
अधिकारीका अनुसार कोरोना संक्रमण भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
.

समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…