नेपालमा कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुमा भेटिए २ जना

काठमाण्डौं : कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको छ। योसमेत नेपालमा कोरोना संक्रमितको कूल संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

बिहीबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौंको प्रयोगशालामा भएको परीक्षणअनुसार कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण देखिएको जनाएको हो।

संक्रमित हुनेहरूमा कपिलवस्तु-८ निवासी १६ वर्षीय र सोही ठाउँका २२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। अहिलेसम्म उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको मन्त्रालयले उल्लेख गरेको छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP