स्याङजाले दियो छिमेकी तनहुँलाई ५० वटा पीपीई

CDO Tanahu Badri Adhikari 50 PPE

भवानी अधिकारी/स्याङजा :
कोरोना भाइरस संक्रमित वा संभावित विरामी परिक्षणका वेला चिकित्सकलाई अत्यावश्यक मानिएको ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) स्याङ्जाले तनहुँ जिल्लालाई प्रदान गरेको छ । स्याङजाको विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सक्रियतामा ५० थान पीपीई तनहुँलाई उपलब्ध गराइएको हो ।
भुसको आगो झैं विश्वभर माहामारीका रुपमा फेैलिएको कोरोना भाइरस संक्रमणबाट बच्च एउटा जिल्ला मात्र सुरक्षित भएर नहुने देखिएपछि स्याङजाले छिमेकी जिल्ला तनहँुलाई सहयोग गरेको स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउछन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश अन्र्तगतका प्रमुख जिल्ला अधिकारीबीच बुधवार भएको इन्टरनेट भिडियो वार्तामा तनहुँ जिल्लाका विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ बद्री अधिकारीले आफनो जिल्लामा पीपीईको अभाव रहेको जनाएपछि स्याङजाले सहयोग गर्न इच्छुकता देखाएको प्रजिअ कुम्वाङले बताए ।

.


नेपाल रेडक्रस शाखा स्याङजाका लेखापाल मित्रबन्धु लम्साल सहित विहीवार तनहुँ गएको टोलीले ती पीपीई तनहुँका प्रजिअ बद्री अधिकारीलाई हस्तान्तरण गरेका हुन् । पीपीई ग्रहण गर्दे प्रजिअ अधिकारीले आवश्यकतामा सहयोग गर्ने स्याङजालाई धन्यवाद दिदै आफुलाई प्राप्त पीपीईले कोरोना भाइरस बिरुद्धको अभियानमा सहयागी हुने जनाएको लेखापाल लम्सालले जानकारी दिए ।
स्याङजामा भने सवै स्वास्थ्यकर्मी, केही सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतगरी झण्डै ६ सय ३३ वटा पीपीई वितरण गरिएको र अझै ५० वटा जगेडा राखिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए । उनले भने ‘स्याङ्जाका एघार वटै स्थानीयतहको तर्फवाट २ लाख बरावरको गुणस्तरीय पीपीई तनहुँलाई हस्तान्तरण गरेका हौं ।’ पीपीई चिकित्सका लागि अत्यावश्यक सुरक्षा कवज हो ।

Facebook Comments Box
TOP