स्याङजामा ५ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

भवानी अधिकारी/स्याङजा :
स्याङजाको पहिलो चरणकोे कोरोना भाइरस नमूना परिक्षण बुधवारदेखि सकिएको छ ।
जिल्लाका एघारवटै पालिकामा पुगेर गरिएका ५ सय ३४ जनाको कोरोना भाइरस नमूना संकलनमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
रयापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा बुधवार चापाकोट, गल्याङमा र वालिङ नगरपालिकामा गरि १ सय २३ जनामा गरिएको परिक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासंगै स्याङजामा पहिलो चरणका कोरोना भाइरस नमूना परिक्षणका कार्य सकिएको र बिहीवारदेखि दोश्रो चरणका अन्य कार्यहरु अघि बढाईने भएको छ ।
पहिलो चरणमा स्वस्तफूर्त रुपमा नमूना परिक्षणमा नआउनेलाई दोश्रो चरणमा घर घरमा पुगेर खोजी गरिने भएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…