लकडाउनमा प्रहरीलाई सघाउनुहाेस् : स्याङ्जाका प्रहरी प्रमुख

श्रीकृष्ण सिग्देल/स्याङ्जा : लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको भुमिका महत्वपूर्ण देखिएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेलेको चर्चा आइरहेका छन् । 

स्याङ्जामा अहिलेसम्म लकडाउन अवधीभर प्रहरीले अमानविय व्यवहार देखाएको घटना भने देखिएको छैन । यसको सफलतामा जिल्ला प्रहरी प्रमुखको कमाण्डीङ नै प्रमुख रहेको हुन सक्ने आकलन गरिएको छ । 

सबै स्याङ्जावासीलाई तपाईको शान्ति सुरक्षा र कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनमा प्रहरीलाई सघाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कर्णेलले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी प्रमुखको रुपमा डेढ महिना अगाडी स्याङ्जा सरुवा भएर आएका प्रहरी उपरिक्षक कर्णेलले आएको केही दिनमा सरकारले घोषणा गरेको लकडाउनको सामनामा परे । राजमार्ग देखि ग्रामिण क्षेत्र सम्मको लकडाउनमा सुरक्षा दिने प्रहरीको कमाण्डीङ् सम्हालेका कर्णेलले संचारकर्मीहरुको कुराकानीमा सबै स्याङ्जावासीलाई कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई सफल बनाउन प्रहरीलाई सघाउन सुझाव दिएका छन् । 

विश्वनै कोरोनाको माहामारीमा रहेका बेला प्रहरीले पनि आफु सुरक्षित रहेर जनताको सेवा गर्नुपर्ने अवस्था छ प्रहरी उपरिक्षक कर्णेलले भने,“यो विषम परिस्थितीमा प्रहरी तपाईको सुरक्षाका लागि खटिएको छ ।” कोरोना भाईरस बाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको लकडाउन नै भएकाले चौविसै घण्टा खटिएको प्रहरीलाई सघाउन सबै नागरिकलाई आग्रह गर्न चाहान्छु उनले भने । 

जिल्लाका सबै जनप्रतिनिधिहरु सगँ समन्वय गरेर सेवा प्रवाह गर्न पनि प्रहरी उपरिक्षक कर्णेलले आफ्ना मातहतका प्रहरी अधिकृत देखि जवानहरुलाई निर्देशन समेत दिएका छन् । यो संक्रमणमा जिल्ला प्रशासन, जनप्रतिनिधि, सामाजिक संघसंसथा लगायत सगँ समन्वय जरुरी छ प्रहरी उपरिक्षक कर्णेलले भने, “जिल्लामा यो समन्वय नै लकडाउन सफलताको प्रमुख आधार हो ।” 

राजनीति भन्दामाथि उठेर यो संक्रमणलाई सामाना गर्नु सबै स्याङ्जावासीको दायीत्व भएको उनले बताए । डिउटीमा खटिएका प्रहरीहरुलाई कसरी सुरक्षित रहेर सेवा प्रवाह गर्ने निर्देशन दिनुभएको छ भन्ने संचारकर्मीहरुको जिज्ञासामा प्रहरी प्रमुख समेत रहेका कर्णेलले ‘केही स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हामीले पनि दिएका छौं र केही जिल्ला प्रशासन, रेडक्रस लगायका संघ संस्थाले सहयोग गरेका छन् । मास्क, सेनिटाईजर र अत्यन्तै संवेदनशिलमा पिपिईको व्यवस्था सहित उनीहरुलाई आफु सुरक्षित रहेर डिउटी गर्ने निर्देशानुसार खटाइएको छ’ भने । 

स्याङ्जा आएको छोटो समय र यो संक्रमणकालिन अवस्थामा प्रहरी प्रमुखले खेलेको भुमिका प्रति सबै जनप्रतिनिधि र राजनीतिकदलका नेताहरुले प्रशंसनिय कार्य रहेको बताएका छन् ।

Facebook Comments Box
TOP