एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने
काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ । स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिनुभयो । जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उहाँको भनाइ छ ।
बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्ने गरेको थियो । यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैँको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए । यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पार्नुभयो ।
सङ्क्रमण लम्बिए विकल्प
कोराना सङ्क्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान छ ।
यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरु गरिएको
बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।
छलफलमा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताउनुभयो । कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सके पनि फरक नपार्ने आकलन गरिएको छ ।
महासङ्घले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासङ्घको छ । महासङ्घले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । चैत ६ गतेबाट एसईई सुरु गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारीसमेत बोर्डले गरेको थियो । गारेखापत्र दैनिकबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


