नेविसंघद्धारा कैदी/बन्दीलाई सेनीटाइजर र साबुन प्रदान


भवानी अधिकारी/स्याङजा :
नेपाल विद्यार्थी संघ क्षेत्रीय समिति स्याङ्जाले कारागार शाखालाई सेनिटाइजर र सावुन प्रदान गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न न्यूनतम सुरक्षाका उपकरणका रुपमा ती सामाग्री उपलब्ध गराएको क्षेत्रीय सभापति विज्ञान भण्डारीले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘कारागारमा एकै ठाँउमा धेरै कैदी/बन्दी बस्नुपर्ने बाध्यता भएको हुदाँे सरसफाईको धेरै महत्व हुने र सेनिटाइजरले कोरोना संक्रमण नियन्त्रणका लागि धेरै सहयोग पुग्दछ ।’
बिद्यार्थीहरुले कारागार शाखा प्रमुख चुडामणी भण्डारीलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारी, नेपाली काँग्रेसका कार्यवहाक सभापति वुद्धिबहादुर राना कुमार, नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, नेविसंघका नेता ईन्जिनियर अनुप श्रेष्ठ, क्षेत्रिय उपसभापति सौजन गुरुङ् र स्ववीयु उपसभापति एवं त्रिभुवन आर्दश क्याम्पस नेपाल बिद्यार्थी संघ एकाई सभापति गौरव प्रधान लगायतले सेनिटाइजर र साबुनको उपयोगिताका बारेमा जानकारी गराउदै ती सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
केही दिनअघि पनि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जाले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ मार्फत ४० हजार रुपैंया बराबरको थर्मल गन हस्तान्तरण गरेको थियो ।

.

Facebook Comments Box
TOP