दियालो संस्थाद्धारा बृद्धाश्रम सहित ११ वटै स्थानीयतहलाई ३ लाख राहत स्वरुप प्रदान ।
आँधीखोला खवर/वालिङ :
दियालो गैह्रसरकारी संस्थाले बृद्धाश्रम सहित स्याङ्जाका ११ वटै स्थानीयतहलाई ३ लाख राहत स्वरुप प्रदान । आज वालिङ नगरपालिकामा आयोजित एक कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो ।
संस्थाले वालिङ नगरपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा १ लाख ५० हजार प्रदान गरेको छ भने जिल्लाका अन्य पालिकाहरुलाई रु ५ हजारका दरले रु ५० हजार प्रदान गरेको हो । त्यस्तै शिवपार्वती बहुउद्देश्यीय बृद्धाश्रम रामनदी धाम राम्दीका लागि रु १ लाख प्रदान गरेको संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई दियालो संस्थाका अध्यक्ष कविता तिवारीले नगद रु १ लाख ५० हजार हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै बृद्धाश्रमका उपाध्यक्ष अर्जुन खनाल, सचिव नेत्र प्रसाद सुवेदी तथा सदस्य चेतनारायण श्रेष्ठलाई अध्यक्ष तिवारीले नगद रु १ लाख हस्तान्तरण गर्नु भएको हो । यसैगरी स्याङ्जाका अन्य १० स्थानीयतहको राहत कोषका लागि रु ५० हजार पठाईएको छ । प्रत्येक पालिकालाई रु ५ हजारका दरले प्रदान गर्ने गरि दियालो युएसएआईडिका कार्यक्रम प्रमुख ओमसुव गुरुङलाई नगद प्रदान गरिएको हो ।
.
कार्यक्रममा नगरप्रमुख दिलिप प्रताप खाँणले दियालो संस्थाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले राहत वितरणमा संस्थालाई समेत बोलाईने र अतिआवश्यक्ता आधारमा राहत प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोरोनाका कारण देश नै लकडाउनमा रहेको र अतिविपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफूहरुले नगद सहयोग गरेको बताउनु भयो । त्यस्तै रामनदीधामको बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुका लागि अति आवश्यक परेकाले आफूहरुले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम साप्कोटा,दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी गैह्रे,सचिव सीता गौडेल गैह्रै, कोषाध्यक्ष सीता डुम्रे, वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिका अध्यक्ष कविता भुषाल,दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतको सहभागिता रहेको थियो ।
दियालो संस्थाले स्याङ्जा जिल्लाभर सुआहारा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने वालिङ नगरपालिका तथा युएनडिपी नेपालको साझेदारीमा सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक शसक्तिकरण परियोजना सञ्चालन गर्दै आएको छ ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …