वालिङ नपाको कोभिड १९ राहत कोषमा आजसम्म साढे चार लाख बढी संकलन

वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा साढे चार लाख बढी आर्थिक संकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन विताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका बिहीबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. चार लाख ५८ हजार ६ सय २२ संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
अहिलेको विषम परिस्थतिमा कोही कसैले स्वेच्छिकरुपमा सहयोग गर्न चाहने संघ संस्था तथा ब्यक्तिहरुमार्फत नगद तथा खाद्यान्न सहयोग संकलन गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । “कुनै पनि संघ संस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी सहायता वितरण नगर्न आग्रह ग¥यौं” नगर प्रमुख खाँणले भन्नुभयो, “वितरण कार्यलाई एकद्वार प्रणालीबाट अगाडि बढाउँदै राहत वितरणलाई प्रभावकारी बनाउने तयारीमा छौं ।”
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बैंक तथा कार्यालयमा उपस्थित भएर नगद सहयोग गर्नेहरुमा वालिङ ६ मिर्दी निवासी चोलाकान्त पंगेनीबाट २५ हजार, वालिङ १४ निवासी अर्जुन अर्यालबाट १२ हजार ७ सय, मुस्लिम समाज वालिङबाट ३० हजार, वालिङ ९ निवासी लोकनाथ शर्माबाट ५ हजार ५, वालिङ ५ चिसापानी निवासी विष्णु रेग्मीबाट १० हजार एकसय एक, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २, १ को क्षेत्रीय समिति र नेपाली काँग्रेस वालिङ नगर समितिकोतर्फबाट ४२ हजार ६ सय ५०, वालिङ युवाक्लबबाट १५ हजार, दियालो गैर सरकारी संस्थाबाट एकलाख ५० हजार, वालिङ फुटबल युनाईटेडबाट १५ हजार, वालिङ ९ भुम्रे निवासी अमृत श्रेष्ठबट १५ हजार ५ सय, वालिङ जेसीजबाट ७६ हजार ५ सय र खाद्यान्न ५४ हजार बराबर गरी वालिङ जेसीजबाट एकमुष्ठ एकलाख ३० हजार ५ सय गरी आज बिहीबारमात्रै २ लाख ६२ हजार ४ सय ५६ संकलन भएको छ ।
.

राहत कोषमा बुधबार र बिहीबार नगद तथा खाद्यान्न गरी कूल ४ लाख ५८ हजार ६ सय २२ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । संघ संस्था तथा ब्यक्तिले आँफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने संभावना हुने र कसैले पाउँदै नपाउने संभावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने ईच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
.

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…