आजबाट मौसममा बदली, हावाहुरी/चट्याङ सहित वर्षा हुने सम्भावना
प्रिमनसुनअन्तर्गत केही दिनदेखि जारी हावाहुरी/चट्याङसहितको वर्षा आइतबार र सोमबार अझ बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (शनिबार) वर्षा केही कम भए पनि पश्चिममा दिउँसाेपछि फेरि पानी पार्ने प्रणाली सक्रिय बन्ने संकेत देखिएकाले आइतबार र सोमबार हावाहुरी/मेघगर्जन/चट्याङसहित वर्षा अझ बढी हुने सम्भावना बढेकाे हाे।
अहिले पनि देशका केही ठाउँमा वर्षा भइरहेको उनले बताइन्। उनका अनुसार राति १–२ बजेदेखि प्रदेश १, २, ३ र ४ का विभिन्न स्थानमा वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाका पनि केही ठाउँमा वर्षा भइरहेको मौसमविद् बासीले बताइन्। ‘अहिले कोटेश्वर क्षेत्रमा चाहिँ पानी रोकिएको छ, तर अन्य केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ,’ उनले शनिबार बिहान साढे ६ बजेतिर भनिन्।
विशेषगरी यसले भोलि (आइतबार) र पर्सि (सोमबार) वर्षा र हावाहुरी अझ बढाउने सम्भावना देखिएकाे उनले बताइन्।
.

समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


