बिपन्न परिवारका साथमा प्रदेश सांसद मल्ल : कालिगण्डकीमा खाद्यान्न सहयोग

कालिगण्डकी : स्याङ्जा गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले लकडाउनको कारणले उत्पन्न संकटलाई मध्य नजर गर्दै कालीगण्डकी गाउपालिकालाई राहत स्वरूप खाद्य सामग्री प्रदान गर्नुभएको छ ।
प्रदेश सांसद मल्लका तर्फबाट रु ६२ हजार भन्दा बढीको खाद्य सामाग्री गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापालाई हस्तान्तरण गरिएको हो ।
खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिकाका सभापति छन बहादुर थापा, पुर्व सांसद शंकर प्रसाद पाण्डे, महासमिति सदस्य द्धय शेर बहादुर थापा र माया राना, तरुणदल कालिगण्डकीका अध्यक्ष यादव पाण्डे सुन्दर , वडा सदस्य तथा समाजसेवी होमनाथ पाण्डे (किसान बा) वडा अध्यक्ष चक्रपाणी पाण्डे, नेविसंघ कालिगण्डकीका संयोजक रेश्मीराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
.

राहत सामाग्री दैनिक जिबिकोपार्जनको समस्यामा परेका कालीगण्डकी गाउपालिकाका अति विभिन्न , असाय परिवारलाई बितरण गरिने गरि कालीगण्डकी गाउपालिका लाई हस्तान्तरण गरिएकाे ने बि संघ कालीगण्डकीका संयाेजक न्यौपानेले जानकारि दिनुभयाे ।
याे पनि :
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…