प्रदेश सांसद मल्लद्वारा गल्याङलाई झण्डै ८० हजार बराबरको खाद्यान्न सहयोग

गल्याङ: गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ ।
स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो ।
मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिनुभयो ।
खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले प्राप्त खाद्यान्न सामाग्री विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो ।
सो अवसरमा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले सांसद मल्लबाट आएको सहयोग बारे जानकारी दिनुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, रेडक्रस गल्याङ शाखाका सभापति लक्ष्मण भट्टराई, नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर रखाली नेकपा नेता लोकेन्द्र थापामगर लगायतको पनि सहभागिता थियो ।
.

समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…