प्रदेश सांसद मल्लद्वारा गल्याङलाई झण्डै ८० हजार बराबरको खाद्यान्न सहयोग
गल्याङ: गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ ।
स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो ।
मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिनुभयो ।
खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले प्राप्त खाद्यान्न सामाग्री विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो ।
सो अवसरमा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले सांसद मल्लबाट आएको सहयोग बारे जानकारी दिनुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, रेडक्रस गल्याङ शाखाका सभापति लक्ष्मण भट्टराई, नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर रखाली नेकपा नेता लोकेन्द्र थापामगर लगायतको पनि सहभागिता थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


