स्याङ्जा : पीपीइ लगाएका स्वास्थ्यकर्मीबाट खोप लगाइँदै

भवानी अधिकारी/स्याङ्जा : कोरोना भाइरसको संक्रमण देखाउँदै सरकारले गरेको लकडाउनका कारण स्थगित नियमित खोप कार्यक्रम स्याङजामा सुरु भएको छ।कोरोनाविरुद्धको अभियानसँगसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु भएको हो। सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी पीपीई लगाएर खोप कार्यक्रममा खटिएका छन् ।
लकडाउनका कारण बालबालिकाले लगाउनै पर्नै नियमित खोप कार्यक्रम स्थगन भएको थियो । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत रहेको नियमित खोप सेवालाई जिल्लाका ११ वटै पालिकाका २ सय १५ स्वास्थ्य तथा खोपकेन्द्रबाट संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
जिल्लामा करिब ६ हजार ५ सय जना (जन्मेदेखि २ वर्षमुनिका बालबालिका)लाई ११ प्रकारका रोगविरुद्धको खोप दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका ११ वटै तहमा खोप तथा सुइको व्यवस्थापन गर्दै आएको छ । यहाँ ३ वटा अस्पतालसहित ७० वटा स्वास्थ्य संस्था, १७ वटा शहरी तथा सामुदायिक स्वास्थ्य केन्द्रसहित २ सय १५ वटा खोप केन्द्र रहेका छन् ।
स्वास्थ्य स्वयंसेविका तारा शर्माले बालबालिकालाई विभिन्न रोग लाग्नबाट सुरक्षित बनाउनेगरी बनाइएका यस्ता खोपहरु अहिलेको भाइरससँग जुध्नका निम्ति पनि अत्यावश्यक रहेको बताइन्।
सकारकाले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुर-रुबेला र निमोनिया रोगको विरुद्ध पिसिभि खोप दिँदै आएको छ । जोखिमपूर्ण जिल्लामा भने १२ महिनाका बालबालिकालाई जापानिज इन्सफलाइटिसको खोप तथा गर्भवती महिलाका लागि टीटी खोप उपलब्ध गराउँदै आएको छ।
सरकारले यी सबै खोपहरु निशुल्क उपलब्ध गराउँदै आएको छ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…