अस्पताल कर्मचारी आन्दोलन : गल्याङले बनायो छानविन समित, व्यवस्थापकको जिम्मा न्यौपानेलाई
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगर अस्पतालका कर्मचारीहरुले गरेको आन्दोलनका विषयमा छानविन गर्न समिति गठन भएको छ ।
गल्याङ नगरपालिका कार्यपालिकाको विहीबार बसेको बैठकले छानविन समिति गठन गरेको हो ।
उपमेयर देवीसरा थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । समितिका सदस्यहरुमा नगरप्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्याल, वडा नम्बर दुईका अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, वडा नम्बर दशका अध्यक्ष ध्रुब शर्मा पङ्गेनी र सामाजिक शाखा प्रमुख थानापति न्यौपाने रहनुभएको छ ।
समितिलाई अस्पतालमा उत्पन्न परिस्थितिको बारे अध्ययन गरी उचित सुझाब सहित राय पेश गर्ने जिम्मा दिइएको हो
.
यस्तै बैठकले अस्पताल व्यवस्थापकको जिम्मा गल्याङ नगरपालिकाका सामाजिक शाखा प्रमुख थानपति न्यौपानेलाई दिने निर्णय पनि गरेको छ ।
यसैवीच, गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले विज्ञप्ति निकालेर गल्याङ नगर अस्पतालको विषयमा सामाजिक सञ्जाल तथा बिभिन्न सञ्चार माध्यममा आएको समाचारको विषयमा गल्याङ नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्व विभिन्न तरिकाले सामना गरिरहेको सन्दर्भमा आकस्मिक रुपमा आएको यो घटनाले आफु आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ । विप्तिमा भनिएको छ –‘आन्दोलनको कुनै प्रक्रिया र योजना भन्दा बाहिर गई नगरपालिका वा अस्पताल व्यवस्थापन समितिलाई लिखित तथा मौखिक रुपमा कुनै जानकारी समेत नदिई एकाएक अस्पताल बन्द भएको खबर बाहिरबाट आउनु आफैमा शंकास्पद छ ।’ विषम परिस्थितिमा जुनसुकै बहानामा भए पनि यस्तो खालको घटना हुनु दुखद रहेको बिज्ञप्तीमा बताईएको छ ।
विज्ञप्तिमा अस्पताल निर्वाध रुपमा सञ्चालन भैरहेको भन्दै आम जनसमुदायमा आवश्यक सेवा सुविधा लिन तथा कोरोना संक्रमणको साबधानीमा उत्तिकै सचेत रहन नगरबासीमा अपिल गरिएको छ ।
उता नगरकार्यपालिकाको बैठकले गल्याङ नगरपालिका भित्र स्थायी घर भई आउन चाहनेहरुलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गर्दै यसको समन्वय वडाले गर्ने तय गरेको छ ।
क्वारेन्टाइनमा बस्नेहरुलाई खाना खर्च वापत दैनिक एक सय ५० रुपैयाँ दिने निर्णय गरेको नगरप्रबक्ता गणेश बस्यालले जानकारी दिनुभयो ।
यस्तै, नगरपालिका भित्र तरकारी विक्रीको कामलाई प्रभावकारी रुपमा काम अगाडि बढाउने निर्णय पनि भएको छ ।
यसैगरी बैठकले नगरपालिका भित्र बैदेशिक रोजगारीमा जानेहरुको तथ्याङ्क संकलन गर्ने निर्णय पनि भएको छ ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …