आठ महिना देखिको तलव नपाएपछि स्वास्थ्यकर्मीले लगाए गल्याङ नगर अस्पतालमा ताला ।
आँधीखोला खबर/गल्याङ :
आठ महिना देखि तलव नपाएपछि गल्याङ नगरपालिकाद्धारा सञ्चालित गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएकाछन् । कोरोनाको त्रासका बीचमा बिना तलव काम गर्नु परेको भन्दै कर्मचारीहरुले नै अस्पतालको मुल गेटमा नै तालाबन्दी गरिदिएकाहुन् ।
अस्पतालमा कार्यरत डाक्टर तथा प्रवन्धक सहित १७ जना कर्मचारीहरुले संयुक्त विज्ञप्ती निकालेर तालावन्दी गरेको बताएकाहुन् ।
भदौ १ गते देखिको तलव बाँकी रहेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । आफूहरुले कोरोनाको त्रासका बीच सेवा दिईरहदा पनि नगरपालिकाले बेवास्ता गरेको कर्मचारीहरुको गुनाशो छ । उनीहरुलाई नियुक्तपत्र समेत नदिईएको बताईएको छ । नगरपालिकाको स्वामित्वमा आएको मिति २०७६ भदौ १ गतेबाट नै तलव तथा अन्य सेवा सुबिधा नपाएको उनीहरुको भनाई छ । अस्पतालका कर्मचारीहरु बीच नै तलव र सेवा सुबिधामा बिभेद रहेको एक कर्मचारीले बताए । यसअघि गल्याङ सामुदायिक अस्पतालका नाममा अस्पताल सञ्चालन गरिदै आएको थियो । जसको व्यवस्थापन एक स्थानीय समितिले गर्दथ्यो ।
यसैबीच गल्याङ नगर अस्पतालका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले तलव मिलानको काम भईरहेको बताउनु भयो । उहाँले समस्या त्यती जटिल नभएको र एक दुई दिनमा नै समाधान हुने जानकारी दिनुभयो ।
गल्याङ क्षेत्रको एक मात्रै अस्पतालमा तालावन्दी भए पछि स्थानीयबासी भने चिन्तीत बनेकाछन् ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


