आठ महिना देखिको तलव नपाएपछि स्वास्थ्यकर्मीले लगाए गल्याङ नगर अस्पतालमा ताला ।


आँधीखोला खबर/गल्याङ :
आठ महिना देखि तलव नपाएपछि गल्याङ नगरपालिकाद्धारा सञ्चालित गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएकाछन् । कोरोनाको त्रासका बीचमा बिना तलव काम गर्नु परेको भन्दै कर्मचारीहरुले नै अस्पतालको मुल गेटमा नै तालाबन्दी गरिदिएकाहुन् ।
अस्पतालमा कार्यरत डाक्टर तथा प्रवन्धक सहित १७ जना कर्मचारीहरुले संयुक्त विज्ञप्ती निकालेर तालावन्दी गरेको बताएकाहुन् ।
भदौ १ गते देखिको तलव बाँकी रहेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । आफूहरुले कोरोनाको त्रासका बीच सेवा दिईरहदा पनि नगरपालिकाले बेवास्ता गरेको कर्मचारीहरुको गुनाशो छ । उनीहरुलाई नियुक्तपत्र समेत नदिईएको बताईएको छ । नगरपालिकाको स्वामित्वमा आएको मिति २०७६ भदौ १ गतेबाट नै तलव तथा अन्य सेवा सुबिधा नपाएको उनीहरुको भनाई छ । अस्पतालका कर्मचारीहरु बीच नै तलव र सेवा सुबिधामा बिभेद रहेको एक कर्मचारीले बताए । यसअघि गल्याङ सामुदायिक अस्पतालका नाममा अस्पताल सञ्चालन गरिदै आएको थियो । जसको व्यवस्थापन एक स्थानीय समितिले गर्दथ्यो ।
यसैबीच गल्याङ नगर अस्पतालका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले तलव मिलानको काम भईरहेको बताउनु भयो । उहाँले समस्या त्यती जटिल नभएको र एक दुई दिनमा नै समाधान हुने जानकारी दिनुभयो ।
गल्याङ क्षेत्रको एक मात्रै अस्पतालमा तालावन्दी भए पछि स्थानीयबासी भने चिन्तीत बनेकाछन् ।

.

Facebook Comments Box
TOP