एकैदिन थप १४ मा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
नेपालमा शुक्रबार एकैपटक थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भई संक्रमितहरुको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाका दुई जना (२ पुरुष, २७ र ६३ वर्षीय) लाई कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि १६ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना निको भएर घर फर्किसकेका छन्।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


