स्याङजा : ३०७ जनाको कोरोनाको रिपोर्ट नेगेटिभ


भवानी अधिकारी/स्याङजा :
भारत लगायत बिभिन्न देशहरुबाट स्याङजा आएका मध्ये आइतवारसम्म ३ सय ७ जनामा गरिएको कोरोना भाइरस नमूना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।
चैत्र २ गते यता बिभिन्न मुलुकबाट जिल्लामा आउनेको कोरोना भाइरस नमूना श्वाव परिक्षण गरिएको हो । यसरी जिल्ला भित्रनेको संख्या जिल्लाका ११ वटै स्थानीय तहगत रेकर्ड अनुसार ६ सय २४ रहेको छ ।
यसअघिका ९७ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइएता पनि त्यसपछिका २ सय १० जनाको भने जिल्लामै ¥यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिद्धारा परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
भीरकोट, विरुवा, अर्जुनचौपारी, हरिनास, पुतलीबजार र वालिङमागरी २ सय १० जनाको ¥यापिड डाग्नोस्टिक टेष्टद्धारा कोरोना परिक्षण गरिएका हुन । रयापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो ।
यसअघि, फेदिखोला, आधिखोला, कालीगण्डकी, विरुवा, गल्याङ्, चापाकोट, वालिङ्मा पुगेर विदेशवाट फर्किएका ९७ जनाको नमूना श्वाव संकलनगरी परिक्षणका लागि पोखरा पठाइएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP