कोरोना संक्रमण पूर्ण निको भएर घर फर्किइन् १९ वर्षीया युवती

काठमाडौँ  : कोरोना भाइरस संक्रमण देखिएकी काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार संक्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।

उनले ४८ घण्टामा २ पटक कोरोना नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको बताए ।

उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर शनिवार घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते संक्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेसनमा उपचार  हुँदै आएको थियो ।

यसअघि चीनको बुहानबाट आएका अर्का १ जनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो । 

Facebook Comments Box
TOP