कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, संक्रमितको संख्या १४ लाख ३० हजारबाट उकालो लाग्दै

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ८२ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १४ लाख ३० हजारबाट उकालो लागेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ । त्यहाँ १२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
१४ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख १ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय भन्दा धेरै छन् भने स्पेनमा १४ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १० हजार ३ सय नाघेको छ । बेलायतमा ६ हजार १ सय नाघेको छ । इरानमा मृतकको संख्या ३८ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३१ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार नाघ्दा बेल्जियममा २०३५, नेदरल्याण्डस्मा २१ सयभन्दा बढी छ ।
भारतमा १५० जनाको मृत्यु हुँदा ५३ सयभन्दा बढी संक्रमित भएका छन् । (एजेन्सी)
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…