आफ्ना नागरिकलाई चापाकोटले सुरक्षित रुपमा ल्याउन सहजीकरण गर्ने, दीर्घरोगीको औषधीको व्यवस्था गरिदै ।

आँधीखोला खबर/चापाकोट :
चापाकोट नगरपािलकामा स्थायी ठेगाना भई काठमाण्डौं तथा अन्य स्थानमा बसेका नागरिकहरुलाई नगरले नै सुरक्षित रुपमा ल्याउन सहजीकरण गर्ने भएको छ । विश्वव्यापी रुपमा महामारी बन्दै गईरहेको कोरोना भाईरस कोभिड ले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउदै गईरहेको भन्दै नागरिकको सुरक्षाका लागि पालिकाले बिशेष पहल गरेको चापाकोटका नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
चापाकोट आई सकेपछि भने नेपाल सरकारले तोके बमोजिम १४ दिनसम्म क्वारेन्टाईनमा बस्नु पर्ने नगरपालिकाले जनाएको छ । चापाकोट आईसकेपछि गंगालाल माबि, राममन्दिर मावि चापाकोट ,राधादामोदार मावि र जनहीत माविमा बनाईएको क्वारेन्टाईनमा बस्नु पर्ने बताईएको छ ।
क्वारेन्टाईन कक्षमा बसिसके पनि स्वास्थ्य परीक्षण पश्चात रिपोर्ट नेगेटिभ आएमा आफनो घरमा पुन अनिवार्य रुपमा होम क्वारेन्टाईनमा बस्ने गरि गवस्था गर्ने चापाकोटको नगरकार्यपालिकाले निर्णय गरेको हो ।
यस्तै नगरपालिका भित्र बसोबास गर्ने दीर्घ रोगीहरुका लागि आवश्यक पर्ने औषधिको अभाव भएमा सम्बन्धित वडा कार्यालय मार्फत लगत संकलन गरि औषधीको व्यवस्था गरिने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । नगरपालिकाले आज निकालेको सुचनामा काठमाण्डौंका लागि अर्जुन खनालको फोन नम्वर ९८५१०९५८६५ मा सम्पर्क गर्न भनिएको छ ।

.

.

Facebook Comments Box
TOP