स्याङ्जा प्रवेश गर्दै हुनुहुन्छ ? अव १४ दिन अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने ।
आँधीखोला खबर/स्याङ्जा :
के तपाँई स्याङ्जा जिल्लामा आउदै हुनुहुन्छ ? जानि राख्नुहोस् जिल्लामा आए पछि अव १४ दिन अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्याङ्जाले जिल्ला भन्दा बाहिरबाट आउने व्यक्तीलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
कोरोनाको सङ्क्रमण बढिरहेको र त्यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निकालेको सूचनामा भनिएको छ,“महामारीको रुपमा विश्वभर फैलिइरहेको COVID-19 अर्थात कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई नेपाल राज्यभर प्रभावकारी ढंगले व्यवस्थापन गर्ने सिलसिलामा नेपाल सरकारबाट निर्णय भई जारी भएको आदेशानुसार जारी बन्दाबन्दी (Lockdowm) को अवधिमा अन्य जिल्लाबाट यस स्याङ्जा जिल्लामा प्रवेश गर्ने सबैलाई सम्बन्धित पालिकाले बुझिलिई आ-आँफुले व्यवस्थापन गरेको एकान्तवास (Quarantine) मा अनिवार्य रुपले १४ (चौध) दिन विताए पछि मात्र स्वास्थ्य परीक्षण गराई घर परिवारमा रहन पाउने व्यवस्था मिलाउन सम्बन्धित सबैको जानकारीका लागि यसै सूचना मार्फत सूचित गरिन्छ ।”
.

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


