आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतासँगै समस्या समाधान।
बिश्व प्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगरपालिका मार्फत राहत बितरण गर्ने क्रममा उत्पन्न समस्या समाधान भएको छ । नगर प्रमुख शिवकुमार गिरीको सक्रियतामा आज समस्या समाधान गरिएको हो । चापाकोटको ६ नम्वर वडामा खाद्यान्न लगायतका राहत सामाग्री बितरणका क्रममा आईतवार समस्या उत्पन्न भएको थियो । साे क्रममा धकेलाधकेल हुँदा स्थानीय सुमन विक घाईते भएको समाचार बाहिरिएको थियो । आज भएको छलफल पछि, सुमन विकले आँधीखोला खबरसँग भन्नुभयो, “सामान्य विवाद हो, आज मेयरसावको उपस्थितीमा हामीले मिलेर जाने सहमति गरेकाछौं,” उहाँले थप्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चलाएको अभियानलाई साथ दिएर जानेछाैं ।” उहाँले दुवै पक्षको असमझ्दारीका कारण समस्या उत्पन्न हुन पुगेको स्पष्ट पार्नु भयो ।
.

यता चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले बिभिन्न मिडियामा आफ्नो नाम जोडिएर समाचार आएको भन्दै दुख व्यक्त गर्नुभयो । आफूहरु निरन्तर बिपन्न र मजदुर नागरिकको लागि खटेका भन्दै नगरप्रमुख गिरीले नागरिकलाई भोकै बस्ने अवस्था आउन नदिन लागि परेको बताउनु भयो । नगरपालिकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि व्यवस्थित कार्ययोजना नै बनाएर काम गरिरहेको प्रमुख गिरीको भनाई छ ।
यो पनि पढ्नुहोस्..
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


