आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतासँगै समस्या समाधान।

बिश्व प्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगरपालिका मार्फत राहत बितरण गर्ने क्रममा उत्पन्न समस्या समाधान भएको छ । नगर प्रमुख शिवकुमार गिरीको सक्रियतामा आज समस्या समाधान गरिएको हो । चापाकोटको ६ नम्वर वडामा खाद्यान्न लगायतका राहत सामाग्री बितरणका क्रममा आईतवार समस्या उत्पन्न भएको थियो । साे क्रममा धकेलाधकेल हुँदा स्थानीय सुमन विक घाईते भएको समाचार बाहिरिएको थियो । आज भएको छलफल पछि, सुमन विकले आँधीखोला खबरसँग भन्नुभयो, “सामान्य विवाद हो, आज मेयरसावको उपस्थितीमा हामीले मिलेर जाने सहमति गरेकाछौं,” उहाँले थप्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चलाएको अभियानलाई साथ दिएर जानेछाैं ।” उहाँले दुवै पक्षको असमझ्दारीका कारण समस्या उत्पन्न हुन पुगेको स्पष्ट पार्नु भयो ।
.

यता चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले बिभिन्न मिडियामा आफ्नो नाम जोडिएर समाचार आएको भन्दै दुख व्यक्त गर्नुभयो । आफूहरु निरन्तर बिपन्न र मजदुर नागरिकको लागि खटेका भन्दै नगरप्रमुख गिरीले नागरिकलाई भोकै बस्ने अवस्था आउन नदिन लागि परेको बताउनु भयो । नगरपालिकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि व्यवस्थित कार्ययोजना नै बनाएर काम गरिरहेको प्रमुख गिरीको भनाई छ ।
यो पनि पढ्नुहोस्..
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…