खाद्यान्न लिएर घरमै आएका चापाकोटका मेयरलाई मजदुर नेपालीले भनिन“अव बाँचिने भईयो”
आँधीखोला खबर/चापाकोट :
चापाकोट नगरपालिका वडा नम्वर २ की ४५ बर्षीय तारा नेपाली मध्यान्ह तिर घरमा टोलाउदै हुनुहुन्थ्यो, राहत बाँडिदैछ भन्ने मात्र सुनेकी नेपालीले तव दंग पर्नुभयो जव नगरप्रमुख शिव कुमार गिरी खाद्यान्न बोकेर घरमा नै आईपुग्नु भयो ।
तारा नेपालीको परिवार काममा जान पाएको छैन जसका कारण घरमा खानाको अभाव भएको थियो, खाद्यान्न बोकेर आउनु भएका नगरप्रमुख गिरीलाई नेपालीले भन्नुभयो, “सही र वास्तविक पीडित मान्छे छान्नुभएछ म त सारै खुसी भए, अव बाँचिने भईयो । ”
तारा नेपाली मात्रै होईन चापाकोट नगरपालिकामा रहेका बिपन्न तथा मजदुरका परिवारलाई निरन्तर राहत स्वरुप खाद्यान्न बितरण भईरहेको छ । जसमा नगरप्रमुख गिरी आफै खटिरहनु भएको छ ।
वडा वडाबाट संकलन भएका बिपन्न तथा मजदुर जसलाई खानाको अभाव भएको छ त्यस्ता व्यक्तिलाई खाद्यान्न उपलव्ध गराईएको नगरप्रमुख गिरीले जानकारी गराउनु भयो ।
सरकारले घोषणा नै नगर्दै हामीले अति आवश्यक परेकालाई खाद्यान्न उपलव्ध गराएका थियौं, उहाँले थप्नु भयो ।
जिल्ला मै सबै भन्दा पहिले आवश्यक्ताका आधारमा खाद्यान्न बितरण गरेको भन्दै चापाकोट नगरपालिकाको प्रशंशा भईरहेको छ । चापाकोट ९ को तेज बहादुर कुमालले भन्नुभयो मेयर गिरीले हाम्रो लागि आफै खट्नु भएको छ जसले हामीलाई निक्कै खुशी बनाएको छ ।
नगरपालिकाले अति आवश्यक्ताका आधारमा झण्डै २०० घरपरिवारलाई खाद्यान्न सहयोग गरिसकेको छ । नगरबासीलाई भोकै बस्न नदिने गरि हामीले काम गरिहेका छौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले भन्नुभयो, “बिपन्न र मजदुर जसलाई पिडा छ उनीहरुलाई नगरपालिकको निरन्तर सहयोग रहन्छ ।”
नगरपालिकाले कहाँ समस्या छ त्यस्तालाई सहयोग गर्न राहतकोष नै खडा गरेको छ जसमा अन्य व्यक्तिले पनि राहत उपलव्ध गराउन सक्ने नगरपालिकाका प्रेस सल्लाहकार बिश्व प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
नागरिक समस्यामा परेको अवस्थाबाट बिपन्न र मजदुरको घरदैलोमा पुग्नेकाम चापाकोटबाट अरु पालिकाले पनि सिक्न जरुरी रहेको स्थानियबासीको भनाई छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


