कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी भएको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार नियमित ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार उक्त निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्ने इम्युनिटी बढाउन सकिन्छ, घरमा उपलब्ध हुने बिभिन्न सामग्रीहरुलाई कसरी सही प्रयोग गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ।
उनले भने, ‘क्वारेन्टाइनमा रहेका बेलामा र अन्य समयमा पनि निराशापन, डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरु, व्यायामहरुको बारेमा, त्यसैगरी निको भइसकेका व्यक्तिहरुलाई पुनर्स्थापना कार्यमा कसरी यस बिधिबाट मद्दत गर्न सकिन्छ लगायतका विषयहरु निर्देशिकामा सामेल गरिएको छ।’
उक्त निर्देशिका मन्त्रालयको वेबसाइटमा हेर्न सकिने उनले जानकारी दिए।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


