वालिङको रणविर जनहित माविका प्रअ रेग्मी प्रदेश कै उत्कृष्ट प्रअ !

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा रहेको रणबिर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी प्रदेश कै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनु भएको छ ।
गण्डकी प्रदेश स्तरिय प्रधानाध्यापकहरुको नेतृत्व क्षमता तालिममा रेग्मी बिशिस्ट श्रेणी सहित प्रथम स्थान हासिल गर्नु भएको हो । लिखित परिक्षा,परियोजना कार्य र मुल्याङ्कनका आधारमा रेग्मी उत्कृष्ट बन्नु भएको शिक्षा तालिम केन्द्र तनहुँले जारी गरेको सुचनामा उल्लेखछ ।
गण्डकी प्रदेशका ६ जिल्लाबाट ३० जना प्रधानाध्यापकहरु सहभागी रहेकोमा सरस्वती मावि वालिङ १३ का प्रधानाध्यापक याम बहादुर कुँवर र त्रिभुवन आदर्श मावि पुतलीवजार नगरपालिका १ का प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी पनि उत्कृष्ट घोषित हुनु भएको छ । लक्ष्मी रेग्मी, याम बहादुर कुँवर, मुक्ति प्रसाद रेग्मी जिल्ला कै उत्कृष्ट शिक्षाविद मध्ये पर्नुहुन्छ ।

यता, १७ बर्ष पहिले शिक्षण पेशामा लाग्नु भएका लक्ष्मीप्रसाद रेग्मीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको पनि ६ बर्ष पुरा भईसकेको छ । हाल मावि द्धितिय तहको दरवन्दीमा कार्यरत रहनु भएका रेग्मीको नेतृत्वमा रणबिर जनहित माविलाई नमुना बिद्यालयको रुपमा रुपान्तरण गर्ने अभियान चलिरहेको बिद्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP