मंगलबार राति १२ बजेदेखि भारतभर २१ दिनको लकडाउन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन गरेका छन् ।
मोदीले मंगलबार राति १२ बजेदेखि भारतभर सम्पूर्ण देशमा सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् ।
उनले घरबाट बाहिर निस्किन पूर्णरुपले निषेध लगाएका छन् ।
भारतमा तीन हप्ता (२१ दिन) को लकडाउन लगाइएको हो । मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।
मोदीले घरमै रहेर मात्रै कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई घरमै रहन आग्रह गरेका छन् ।
कोरोना– कोही सडकमा ननिक्लनु भएको भन्दै घरमा रहन मोदीले आग्रह गरेका हुन् ।
मोदीले गत मार्च १९ तारिखमा पहिलो संवोधन गरेका थिए । १९ मार्चको संवोधनमा उनले ‘जनता कर्फयु लगाएका थिए ।
उनले उक्त कदमको प्रंशंसा गर्दै अब पनि एकवद्ध भएर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन् ।
संकट आउँदा आफूहरुले मिलेर काम गरेको मोदीले बताएका छन् । उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्सिङ र आफ्नो घरमै बस्नुपर्नेमा आग्रह गरेका छन् ।
लापरवाही जारी रहे भारतलाई यसको ठूलो मुल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् । यसको मुल्य कति होला भनी अनुमान समेत गर्न नसकिने बताए । हाम्राकुरा डटकमबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


