कोरोना भाइरसबाट बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु

कोभिड १९ को संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलवार मृत्यु भएको हो ।
संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड–१९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ ।
अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ । यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमवार मात्र दिने भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…