कोरोनाकाे शङ्का लागेका सबैलाई सरकारले क्वारेण्टाइनमा राख्न सक्दैन, आफैँ बस्नुपर्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ : कोरोना भाइरसकाे सङ्क्रमण भएकाे शङ्का लागेका सबै व्यक्ति आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शङ्का गरिएका सबै व्यक्ति क्वारेण्टाइनमा बस्नुपर्ने तर चीनबाट उद्दार गरी ल्याइएका विद्यार्थीलाई जसरी क्वारेण्टाइनमा भने नराखिने बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आफैँ क्वारेण्टाइनमा बस्नुपर्ने र ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
ठूलो समूहमा क्वारेण्टाइनमा राख्नुपर्ने अवस्थामा आएमा सरकारले खरिपाटी क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने मन्त्री ढकालले बताउनुभयो । युवा सङ्घले ध्यानाकर्षणपत्र बुझाउँदै सामाजिक सञ्जालमा अड्कलबाजीमै हल्ला फैलिरहेकाले आधिकारिक सूचना दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
सङ्क्रमण भएमा उपचार गर्ने र अरुमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि सङ्घले आग्रह गरेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…