कोरोना संक्रमण रोकथाम : स्याङ्जा सहित देशभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक
स्याङ्जा :
सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।
चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।
यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
“स्याङ्जामा पनि अर्काे निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो । ”

यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लाभित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो । काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढा र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना जारी गरेका हुन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको छ । प्रशासकीय अधिकृत रमा श्रेष्ठले जारी गरेको सूचनामा जिल्लाका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि पूर्वतयारी तथा सचेतना कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
राजधानी दैनिकको सहयोगमा
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


