स्याङ्जामा असिनाले करोडौको खेती नष्ट बनायो, पशुपन्छी समेत घाईते

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको फेदिखोला गाँउपालिकामा शनिवार राती परेको असिनाले करोडौको क्षती पुर्याएको छ । गाँउपालिकाको वडा नम्वर १ र ४ मा लगाईएको खेतीमा नराम्रो सँग क्षती पुर्याएको हो ।
असिनाले मौसमी र बेमौसमी तरकारी खेती नष्ट बनाएको गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । गतबर्ष भन्दा यो बर्ष कृषि उत्पादन बढ्दो अवस्थामा थियो गाँउपालिका अध्यक्ष सुवेदीले भन्नुभयो,“ प्राकृतिक विपतले गाँउपालिकालाई नराम्रो क्षती पुर्यायो ।” नमुना कृषि गाउँको अभियान रहेको गाँउपालिकालाई प्राकृतिक विपत आई लागेको भन्दै अध्यक्ष सुवेदीले दुखेसो पोख्नुभयो । यस बर्ष गाउँपालिकाले गत बर्षको तुलनामा ३० प्रतिशत उत्पादनमा बृद्धी गर्ने लक्ष्य बोकेको थियो तर असिनाले सबै लक्ष्य उडाईदियो, सुवेदीले थप्नुभयो ।
गत बर्ष २ करोड बराबरको कृषि क्षेत्रमा कारोबार गरेको पालिकाले यस बर्ष उत्पादनमा आधारीत अनुदान कार्यक्रम मार्फत कृषक उत्साहीत भएका थिए । मौसमी तथा बेमौसमी तरकारी खेती र पशुपंक्षी पालन गर्ने किसानको संख्या बढ्दो थियो गाँउपालिका अध्यक्ष सुवेदीले भन्नुभयोे यो क्षतीले सिङ्गो गाँउपालिका चिन्तित रहेको छ ।
स्थानीय कुमार सुवेदीले व्यवसायका लागि संचालन गरेको पोल्र्टी फार्ममा समेत असिनाले क्षती पुर्यएको छ । भर्खरै स्थापना गरेको पोल्र्टी फार्ममा असिनाको असरले १२०० कुखुराको चल्लालाई क्षती बनाएको फार्मका संचालक सुबेदीले बताउनु भयो । असिनाले चुट्दा बाखा समेत घाईते भएको बताईएको छ ।
यसैगरी नमुना कृषि गाउँको अभियानमा लागेको वडा नं १ को तरकारी तथा अन्य वाली समेत असिनाले नष्ट पारिदिएको छ । ‘मौसमी तथा बेमौसमी तरकारी खेतीलाई असिनाले सखाप बनायो ,सिङ्गो गाउँबासीमानै रुवाबास मच्चीएको छ अगुवा कृषक बिष्णु सुबेदीले भन्नुभयो । टमाटर, काउली, बन्दा, लसुन र आलुमा ठुलो क्षती भएको सुबेदीको भनाई छ ।
पालिकाको वडा नं ४ आरुखर्क र १ नं वडामा सबैभन्दा बढी क्षती भएको छ भने २ र ३ नं वडामा भने आशिंक क्षती भएको छ । अहिले सम्म करिव ६ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । असिनाले गाँउपालिकामा कति रकम बराबरको क्षती भएको छ भन्ने विषयमा विवरण संकलन कार्य चलिरहेको बताइएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…