आगलागी पीडितलाई प्रदेश सांसद मल्लको आर्थिक सहयोग
आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालिगण्डकी ५ का आगलागी पीडिततलाई गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले आर्थिक सहयोग गर्नु भएको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा बिहीबार भिषण आगलागी हुँदा २३ लाख भन्दा बढिको क्षती भएको थियो ।
स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको थियो ।
नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश सांसद मल्ल सहितको टोली आगलागी पीडितलाई भेटेर नगद सहित बिभिन्न सहयोग गरेको हो । टोलीमा नेपाल रेड्क्रस स्याङ्जाका मन्त्री दिनेश अर्याल, नेपाली काँग्रेस क्षेत्रिय सचिव एवं वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरूण दल गल्याङ् नगर सभापति कृष्ण भट्टराई, नेपाल महिला संघ क्षेत्रिय सचिव हेमा न्यौपाने, नेविसंघ क्षेत्रिय सभापति विज्ञान भण्डारी, नेविसंघ गल्याङ् नगर सभापति प्रदिप पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
आगलागी पिडितलाई रु २६००० नगद, त्रिपालहरु तथा रेडक्रस सामाग्री समेत वितरण गरिएको थियो ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


