स्याङ्जाको कालिगण्डकीमा भिषण आगलागी,३ घर र ६ गोठ/कटेरा जले,लाखौंको क्षती(तस्वीरहरु सहित)
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा भिषण आगलागी भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेका हुन् । आगलागीबाट २३ लाख १३ हजार बराबरको प्रारम्भिक क्षेतीको बिबरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नेत्र प्रसाद न्यौपानेको गोठमा कुडो पकाउनको लागि बालिएको आगोे अचानक गोठमा सल्किएसँगै वरपरी फैलिएकाले ठुलो क्षती हुन पुगेको प्रहरीले जनाएको छ ।
आगलागीमा परि नेत्र प्रसाद न्यौपानेको १ गोठ तथा १ कटेरो जलेकाछन् भने २ वटा भैसी समेत मरेकाछन् त्यस्तै छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैसी गम्भिर घाईते भएकाछन् ।

यसैगरी सन्तोष पाण्डेको २ वटा कच्चि घर तथा एक कटेरो जलेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी तारा प्रसाद न्यौपानेको गोठ र, कटेरो जलेको छ भने राम प्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ ।
प्रहरी, बेल्टारी आर्मी क्याम्पबाट खटिएका नेपाली सेना तथा स्थानीबासीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो लागेको सुचना पाउनासाथ वालिङबाट दमकल सहितको १५ जना प्रहरीको टोलि कालिगण्डकीमा पठाएका हौं, वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले भन्नुभयो, उहाँले वालिङ नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि पठाईएको जानकारी दिनुभयो ।





समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


