स्याङ्जाका लुइटेल विश्व भ्रमणमा, वालिङबाट शुभारम्भ, १२ बर्षमा ८ लाख किमी यात्रा गर्ने (भिडियो र तस्विर सहित)।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंलले शनिवार देखि विश्वभ्रमणमा निस्किएका छन् । वालिङ् नगरपालिका १४ तमादीका लुईटेलले १२ बर्षमा मोटरसाईकल मार्फत बिश्व भ्रमण गर्न लागेकाहुन् ।
आमा, बुवा, दाई, भाउजु लगायत घरपरिवारको आर्शिवाद लिएर निस्कनु भएका लुईटेललाई वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङबाट बिधिवतरुपमा विश्वभ्रमण सफल यात्राको कामना सहित शुभारम्भ गर्नु भएको हो । सो अवसरमा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलिप बगाले, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडले लगायतले सफल यात्राको कामना गर्नु भएको थियो । लुईटेल आजै पश्चिमको दार्चुला तर्फ लाग्नु भएको छ ।

यात्री लुइटेलले ८ लाख किलोमीटर यात्रा गरी गिनिज बुकमा आफनो नाम लेखाउने उदेश्य साथ विश्वप्रमणमा निस्किएको बताउनुभयो । लुईटेलले भ्रमण बर्ष २०२० को अवसर पार्दै नेपाललाई विश्वभर चिनाउने अभियानमा लागि परेको जानकारी दिनुभयो । विश्वका १ सय ९२ देश पुग्ने उहाको लक्ष्य छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर हुदाँ उच्च शिक्षा पढन नपाएको बताउदै अबिबाहित लुईटेलले २०६५ सालमा सउदी अरव पुगेको र फर्केपछि नेपालमै ब्यवसाय गरेपनि केही उपलब्धी हुन नसकेको दुखेसो पोख्नु भयो । उहाँले थप्नुभयो नेपाललाई विश्वसामु चिनाउन यात्रा सुरु गरेको हुँ ।
करिब २ बर्षजति उहाले नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्नुहुने र त्यसपछि विश्वभ्रमणका लागि निस्कने जनाउनुभयो । १२ बर्षपछि पुनः उनी नेपाल स्याङ्जा फर्केर आउदा बिभिन्न देशमा पुगेको डकुमेन्ट्री सहित आउने उहाँले जनाउनुभयो । दैनिक २ सय ५० किलोमीटर मोटरसाइकल यात्रा गर्ने उहाको लक्ष्य छ ।

उहाँले भन्नुभयो ‘हाल अष्ट्रियाका स्टोन इमेलियाको ७ लाख ३५ हजार किलोमीटरको रेकर्डको यात्रालाई उछिन्नेछु ।’
विश्वभ्रमण यात्रीलाई लुईटेललाई जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्ले लगायतले शुक्रबार नै विदाई गरेका थिए ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…