मोटरसाइकलबाट विश्वभ्रमणको यात्रामा निस्के स्याङ्जाका ३० बर्षीय लुइटेल (भिडियो सहित)

भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंलले शुक्रवारदेखि मोटरसाइकलमा विश्वभ्रमणको यात्रा सुरु गर्नुभएको छ । वालिङ् नगरपालिका १४ तमादीका लुईटेलले १० बर्षै यात्रा स्याङ्जादेखि सुरु गर्नुभएको हो ।
आमा, बुवा, दाई, भाउजु लगायत घरपरिवारको आर्शिवाद लिएर निस्कनु भएका लुईटेललाई जिल्ला समन्वय समिति स्याङ्जाले बिधिवतरुपमा विश्वभ्रमण सफल यात्रा शुभारम्भ सहित विदाई गरेको छ ।
जिससका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अजुृन काफ्ले लगायतले लुईटेंलको यात्राको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित विदाई गर्नुभएको हो ।
यात्री लुइटेलले ८ लाख किलोमीटर यात्रा गरी गिनिच बुकमा आफनो नाम लेखाउने उदेश्य लिएर विश्वप्रमणमा निस्केको बताउनुभयो । लुईटेलले भ्रमण बर्ष २०२० को अवसर पार्दै नेपाललाई विश्वभर चिनाउने अभियानमा लागि परेको जानकारी दिनुभयो । विश्वका १ सय ९२ देश पुग्ने उहाको लक्ष्य छ ।


पारिवारिक आर्थिक अवस्था कमजोर हुदाँ उच्च शिक्षा पढन नपाएको बताउदै उहाले २०६५ सालमा सउदी अरव पुगेको र फर्केपछि नेपालमै ब्यवसाय गरेपनि केही उपलब्धी हुन नसकेको दुखेसो पोख्दै नेपाललाई विश्वसामु चिनाउन भ्रमण यात्रा सुरु गरेको जनाउनुभयो ।
करिब २ बर्षजति उहाले नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्नुहुने र त्यसपछि विश्वभ्रमणका लागि निस्कने जनाउनुभयो । १० बर्षपछि पुनः उनी नेपाल÷ स्याङ्जा फर्केर आउदा बिभिन्न देशमा पुगेको डकुमेन्ट्री सहित आउने उहाले जनाउनुभयो । दैनिक २ सय ५० किलोमीटर मोटरसाइकल यात्रा गर्ने उहाको लक्ष्य छ ।
गिनिच बुकमा आफनो नाम लेखाउने उदेश्य सहित विश्वभ्रमणमा निस्केको उहाले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘हाल अष्ट्रियाका स्टोन इमेलियाको ७ लाख ३५ हजार किलोमीटरको रेकर्डको यात्रालाई उछिन्नेछु ।’
विश्वभ्रमण यात्रीलाई जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहहरुका प्रमुख उपप्रमुख, नागरिक समाज, पत्रकार लगायतले बिदाई एवं शुभकामना दिएका थिए ।
कसरी हुँदैछ बिश्व भ्रमण भिडियोमा हेर्नुहोस् :

Facebook Comments Box
TOP