यस्तो छ महाशिवरात्री पर्वको धार्मिक महत्व

खुमकान्त अर्याल :
हरेक महीनामा २ पक्ष हुन्छ कृष्ण पक्ष र शुक्लपक्ष । कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रि भनिन्छ । १२ महीनाका १२ चतुर्दशी मध्ये फाल्गुण महीनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई महाशिवरात्रि भनिन्छ । सवै शिवरात्रि शिवका लागि प्रिय हुनेभएपनि फागुन महीनाको महाशिवरात्रिलाई शिवको पुजा आराधना तथा उपवासको लागि सवैभन्दा उत्तम दिनको रुपमा मान्ने परम्परा चली आएको छ । यस दिनमा देशै भरीका शिवालय तथा तीर्थस्थलहरुमा भक्तजनहरुको घुईचो लाग्ने गर्दछ तेसमध्ये पनि पशुपतिनाथ मन्दिरको महाशिवरात्रिको मेला विश्वभर प्रशिद छ ।
स्वदेशी भक्तजन र विदेशवाट आएका वावाहरुको उपस्थितिले पशुपति मन्दिरको शिवभक्तिको महत्व आस्था र विश्वासवाट प्रभावित नहुने सायदै कोहोला । भनिन्छ यस दिनमा भगवान महादेव नचिनिइकन स्वयंं सशरीर पशुपतिमा उपस्थित भएर भक्तजनहरुलाई मनोकाक्षाँ पुरागर्ने वरदान दिनुहुन्छ । पशुपतिनाथमा रहेको शिवलिंगलाई सन्सारमा भएका थोरै ज्योतिर्लिंग मध्ये एक मानिन्छ । तेसैलेत देश विदेशवाट यस दिनमा धेरै भक्तजनहरु पशुपतिमा आउने गर्दछन् । महाशिवरात्रिको मेला सफलतापुर्वक सम्पन्न गर्न पशुपति विकास कोषको साथै सरकार कृयाशिल रहने गर्दछन् र आजकल त देश भरका अन्य शिवमन्दिर तथा तीर्थस्थलहरुमा भक्तजनहरुको सुविधाको लागि स्थानीय सरकार तथा सम्वन्धित समितिहरु मिलेर सेवा गर्ने सह्रानीय कार्य हुन थालेको छ ।

महाशिवरात्रिको महत्व किन छ भन्ने सम्वन्धमा हाम्रा पुराणहरुमा धेरै कथा प्रशंगहरु भेटिन्छ । स्कन्द पुराणको माहेश्वर खण्ड अनुसार अघि कुनै पुर्वकालमा चञ्चल स्वभावभएकी कामाशक्त कुनै एक विधवी थिइन र तेस्तै स्वभाव भएको चाण्डाल संगको संसर्गवाट एक वालकको जन्म भयो । त्यस वालकको नाम दुःस्सह थियो । दुःस्सह नाम अनुसारको साह्रै वदमास थियो, दिनदिनै एकन एक उपद्रव मच्चाउनु उसको दैनिकी जस्तै थियो त्यसैले उसको पापकर्म थपिंदै गयो । उ जुवा खेल्थ्यो, शराव पिएर अरुलाई गाली गर्थ्याे,चोरी गर्थ्याे, व्यभिचार गर्थ्याे यसरी उ नराम्रो कर्ममा प्रवृत भैरहन्थ्यो । यस्तै खराव नियतले एक दिन कुनै शिवालयमा गयो , शिवरात्रीको दिन रहेछ, रात्रीसमयमा त्याँहा शिवको कथा माहात्म्य गान भैरहेको रहेछ ।
संयोगले केही नखाइ त्यो दुस्सह चाण्डाल पनि रातभरी कथा सुनेर वस्यो । दुस्सह केही दिन पछि मर्यो । दुस्सहको मृत्युपुर्वको यही एकदिनको शिवरात्रीको उपवास र रात्रीजाग्रामकोे शुभकर्मको प्रभावले पुण्यलोकमा वास गरेपछि आर्को जन्ममा तेही दुस्सह चाण्डाल, चित्राँगंद राजाको छोरा भएर जन्मलियो । उसको नाम विचित्र विर्य थियो । विचित्रविर्य सुन्दरमात्र होइन राजसी लक्षणले परिपुर्ण भएको हुदा पछि, प्रतापी प्रजापरायण राजाको रपमा प्रशिद्द भयोे । उनले राजा भएकोमा कत्तिपनि अहंकार गरेनन् संधै शिवधर्मको पालन गरी राज्य न्याय पुर्वक सन्चालन गरे । भगवान शिवको कथा जव सुन्थे भक्तिवाट रोमान्चित भएर उनका आँखावाट आँसु वग्थे यो अनन्य भक्तिको लक्षण हो । उनीलाई समत्वको ज्ञान प्राप्ति भयो , जीव वनस्पति चराचर सवैमा शिवको स्वरुप देख्थे ।
शिवस्वरुपको अभेद ज्ञान प्राप्त भएको कारणले उनको मृत्यु पछि उनले शिवलोकको सायुज्य मुक्ति प्राप्त गरे । सतीदेवीले दक्षको यज्ञमा आत्मदाह गरेपछि दक्ष यज्ञको विध्वंसको लागि भगवान शंकरको जटावाट तिनै विचित्र विर्य राजा, सेनापति वीरभद्र भएर उत्पत्ति भइकन दक्षको यज्ञ विध्वंस गरी भगवान शंकर संगै कैलाशमा विराजमान भएको कथा छ । एक दिन अनायासै शिवरात्रीको उपवास र कथा श्रवणले तेतीका शिद्दि पायो दुस्सहले । कथाहरुका अनुसार राजा हरिष्चन्द्र,भरत, धुन्धुमार,मान्धाता समेत धेरै भक्तहरुले शिवरात्रीको व्रत गरी शिद्दि तथा मुक्ति प्राप्त गरेका दृष्टान्तहरु भेटिन्छ । अरु पनि धेरै कथाहरु छन् ।
यहीदिनमा भगवान शंकरले समाधिवाट विरत भई सन्सारको निरन्तरता दिनको लागि पार्वती संग विवाह गरेकोहुदा महाशिवरात्रिको पर्व मानिदै आएको भन्ने मत् पनि छ । तेसै गरी व्रम्हाजीले जगतको श्रृष्टि गरीसकेपछिकाे उत्पन्न जगतमा शिवले समयको उत्पत्तिगरेकोले सवै वस्तु पुरानिदै अन्ततः नाशहुने हुदा उनलाई संहारक देवताको रुपमा र सान्सारिक सारावस्तुको प्रलय भएपछि वीजरुपमा वा साररुपमा लिङ्गमा रहने भएकोले श्रृजनाको प्रतीक लिङ्ग रुपमा पनि मानिदै आएको छ ।
शिव देवताका वारे आआफना ज्ञानको स्तर अनुसारको वुझाईरहेको छ । सामान्य गृहस्थहरुले भगवान शिव चाँडो खुसीहुने हँुदा उनको व्रत पुजा गर्नाले शत्रु नाश हुने, अविवाहित महिलाले राम्रो पति प्राप्त गर्ने र सान्सारिक सुख प्राप्ति हुने विश्वास गर्दछन । अध्यात्म तथा योगवादीहरु दृश्यमान पदार्थरुप यो जगत नाशवान छ, तेसैले परिणाममा दुखदायी छ वरु सवै पदार्थको अन्तिम किनारामा रहेको आधारनै शिव हो, यो सुन्दर छ, यो सत्य छ, यसको प्राप्ती नहुदा सम्म मुक्ति र स्थायी आनन्दको सम्भव नभएकोले त्याँहा पुग्न भगवान शिवको उपासना गर्दछन् । यो कसरी भने जव योगी ध्यानमा आरुढ हुन्छ, वाह्य सन्सारका वस्तु विचारवाट विलिन हुदै जाँदा निशीम अन्धकारमा पुगिन्छ ।
पदार्थको पल्लो किनारा नाँगेर पुगिने ठाउँनैे प्रका्श रहित अँधेरो स्थान माहाशिवरात्री हो । यसै गरी पदार्थ मगजवाट हटे जस्तै हाम्रा मष्तिस्कमा रहेका पुर्वमान्यताहरु जरासहित पुरै ध्वस्त भएपछि खाली हुन्छ, परिणाम अँधेरो हुन्छ त्यो अवस्था महाशिवरात्री भयो, निशीमअन्धकारको तेस चरणपछि भगवान शिवको ज्योतिर्लिङ्गको प्रकाश प्राप्ती हुन्छ समुल विनाश पछिको श्रृजना भनेजस्तै तर त्यो नुतन र विकार रहित हो । शैवमार्गी योगीहरु यहि ज्योतिर्लिङ्गको प्राप्तिको लागि तपस्या गर्दछन् । तेसैलाई तेश्रो आँखा पनि भन्दछन् । तेसैलेत सन्सार संग सम्वन्ध तोड्ने साहस गर्दछन् ।
शिवरात्रीका दिनमा गाँजा भांग धतुरो खाएर मनाउन पर्छ भन्ने गलत वुझाइ केही युवाहरुमा देखिने गर्दछ । यो सरासर गलतहो । वरु यस दिनमा साथीभाई छर छिमेकी भएर नजिकैको मन्दिर पाटी पौवा सफा गर्ने, शिवको महिमा सुन्ने, हामीलाई सुन्न मन नभए सुन्न मनहुने वुवा आमा दाजुभाई हरुलाई यस्तो व्यवस्थापनमा सहयोग गर्ने, सार्वजनिक धारा कुवाको सफाइृ, गर्ने मनोरन्जनको गीत भजन गरेर विताउने, समाजमा रहेर योगदान पुराएका व्यक्तिहरुलाई जुटाएर रमाइलो गर्ने सम्मान गर्ने, गरियो भने मात्र शिवरात्रीको धार्मिक संस्कृति महिमा जीवन्त रहन्छ ।
उपवास गर्न सके राम्रै हुन्छ नास्तिकनै किन नहोस उपवास भनेको विपश्यनाको आर्को रुपहो जसको अर्थहुन्छ स्वयंको निरीक्षण गर्ने स्वयंको शक्तिको खोज गर्ने यसले मानिसमा आफनो कमीकमजोरी र सामर्थ्य पत्तालाग्छ,आफुमा आँउने नराम्रा विचारको वारेमा सजग भइन्छ । हरदम सजग भएपछि मनमा नराम्रा कुरा छिर्न पाँउदैन । शिवको मुर्ती हेर्नुहोस वँहा जतिवेला पनि आँखा हेरेर निश्चल भई कतै हराइरहेको आभास हुन्छ, वाँहाले आफनो मनमा उठने ऐठनहरुको तमासाको अध्ययन गर्नु भएको हो । तेसैलै २४ घण्टा सजगरहने कृत्यको नामपनि हो शिव । शिव अन्धविश्वास होइन, हरवखत सजग रहने चेतना हो शिव, जो तपाइ हामी सवै संग छ । महाशिवरात्रिको पुनित यस अवसरमा सवैलाई हार्दिक शुभकामना छ । धन्यवाद ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…