स्याङ्जाको राङभाङमा जारी लाटोकोसेरो तथा हुचिल उत्सब आज सकिदै
आँधीखोलाखबर/स्याङजा :
स्याङजाको राङभाङमा जारी नेपाल लाटोकोसेरो तथा हुचिल उत्सब आज सकिदैछ । लोपोन्मुख अवस्थामा रहेको लाटोकोसेरोलाई जोगाउने उद्देश्यले उत्सब गरिएको हो । उत्सब राङभाङ युवा क्लब, प्रकृतिका साथी संस्था र मिलिनियम ट्रेक व्यवस्थापन समितिको आयोजनामा गरिएको क्लबका अध्यक्ष बालकुमार गुरूङले जानकारी दिनुभयो । संस्कृति, पर्यावरण संरक्षण र मनोरञ्जन सहितको उत्सव सञ्चालन भएको हो ।
जादुगर चरोको उपनामले समेत परिचित यो पंक्षीले दिनमा आखाँ देख्दैन । रातमा बढी सक्रिय हुन्छ । शिशा काट्ने, करेन्ट हान्ने लगायतका बिचित्रको विशेषता भएको यो दुर्लभ एवं मांसाहारि पंक्षी हो ।
६० वर्षसम्म बाच्न सक्ने यो पंक्षीको खुट्टाका नङग्राले शिशा समेत काट्ने विश्वास गरिन्छ । नेपाल, भारतमा पाइने यो चराले आफ्नो मृत्युको पूर्वाभास पाउने वित्तिकै स्वयं आत्महत्या समेत गर्ने हुँदा अति अद्भुत श्रेणीको प्राणीको रूपमा मानिन्छ ।
सन २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन २०१२ देखि प्रत्येक वर्ष नयाँ नयाँ स्थानमा मनाइदै आएको छ । धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा समे लाटोकेसेरो उत्वस आयोजना गरिसकेको बताइएको छ ।
नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन् । लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको छ ।
प्रकृति संरक्षणमा लागि अत्यन्त महत्वपूर्ण जीव र मानिसमा मित्र एको हुँदा लाटोकेशेरो तथा हुचिल संरक्षणमा जुटौं भन्ने सन्देश दिन उत्सब आयोजना गरिएको गुरुङको भनाई छ ।
दुई दिने उत्सबको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रवार उद्घाटन गर्नु भएको हो । लाटोकोसेरो र हुचील संरक्षणको बारेमा विभिन्न सामग्रीहरु उत्सबमा प्रस्तुत गरिएको छ ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


