कालीगण्डकी जलविद्युतगृह मर्मतका लागि ड्याम खोलियो, चार दिन सम्म बिद्युत उत्पादन नहुने
आँधीखोला खबर/स्याङ्जा :
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि पानी जम्मा गरिएको ड्याम जलाशय खाली गरिएको छ ।
विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ९ बजेबाट विद्युत उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।
दैनिक औसत ५८ मेगावाट विद्युत उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार अर्थात फागुन १२ गते साँझ पाँच बजेसम्म बन्द रहने छ ।
बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो ।
‘त्यसपछि मर्मत सुरु हुन्छ र सोमबार साँझ ५ बजेभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम गरिरहेका छौैं’,गौतमले भन्नुभयो । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन ।
स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट रहेकाछन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत उत्पादन बन्द भएको हो ।
केन्द्रबाट उत्पादित विद्युत पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ ।
मुलुककै ठूलो विद्युतगृहबाट विद्युत उत्पादन बन्द भएपछि औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको कालिगण्डकी ए जलबिद्युत गृहले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


