कालिगण्डकी ए को ड्याम खोलिने,सचेत रहन स्याङ्जा,पाल्पा र गुल्मीका बासिन्दालाई आग्रह ।
आँधीखोला खबर/स्याङ्जा :
कालिगण्डकी ए जलविद्युत आयोजनाको ड्याम मर्मतका लागि खोलिने भएको छ । नेपाल बिद्युत प्राधिकरणले सुचना निकालेर आज बिहिबार राती ९ बजेदेखि ड्याम खोल्ने जनाएको हो । सुचनामा ४ दिन सम्म ड्याम खुला रहने उल्लेखछ ।
प्राधिकरणले ड्याम देखि पावर हाउस सम्मका क्षेत्रमा बस्ने बासिन्दालाई सचेत रहन बिशेष अनुरोध गरेको छ ।
प्रभावित क्षेत्रमा पर्ने स्याङ्जाको कालिगण्डकी गाउँपालिका, पाल्पाका तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका तथा गुल्मीका कालिण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकालाई पत्र लेखेर सुचना गरी सहयोग गरिदिन प्राधिकरणले अनुरोध समेत गरेको छ ।
ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरू जवाफदेही नहुने उल्लेख गरेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


