कालिगण्डकी ए को ड्याम खोलिने,सचेत रहन स्याङ्जा,पाल्पा र गुल्मीका बासिन्दालाई आग्रह ।

आँधीखोला खबर/स्याङ्जा :
कालिगण्डकी ए जलविद्युत आयोजनाको ड्याम मर्मतका लागि खोलिने भएको छ । नेपाल बिद्युत प्राधिकरणले सुचना निकालेर आज बिहिबार राती ९ बजेदेखि ड्याम खोल्ने जनाएको हो । सुचनामा ४ दिन सम्म ड्याम खुला रहने उल्लेखछ ।
प्राधिकरणले ड्याम देखि पावर हाउस सम्मका क्षेत्रमा बस्ने बासिन्दालाई सचेत रहन बिशेष अनुरोध गरेको छ ।
प्रभावित क्षेत्रमा पर्ने स्याङ्जाको कालिगण्डकी गाउँपालिका, पाल्पाका तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका तथा गुल्मीका कालिण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकालाई पत्र लेखेर सुचना गरी सहयोग गरिदिन प्राधिकरणले अनुरोध समेत गरेको छ ।
ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरू जवाफदेही नहुने उल्लेख गरेको छ ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…