कोरोना भाइरसको लक्षणः शरीरमा आउने परिवर्तन, महिलाभन्दा पुरुषमा संक्रमण ज्यादा हुने खतरा

काठमाडौं : कोरोना भाइरसले विश्व नै आतंकित छ । हालसम्म ६ सय भन्दा धेरै जनाले ज्यान गुमाइसकेका छन् । २८ हजार बढी प्रभावित छन् । विश्वका १६ देशमा यो रोग फैलिसकेको छ ।
यो के हो यसको लक्षण कस्ता हुन्छन् भन्ने कुरा सबैले जान्न जरुरी छ । यसको खाश औषधी पता नलागेका कारणपनि यो रोगबाट संक्रमित हुनेहरुको मृत्यु भएको देखिन्छ ।
तर संक्रमितहरु सबैमा एउटै लक्षण छ या फरक छ ? कोरोना भाइरससँग डाक्टरहरुको लडाइ यस्तो छ मानौ कुनै अन्जान शत्रुको विरुद्ध लडेजस्तो ।
कोरोना भाइरसले हाम्रो शरीरमा कसरी हमला गर्छ ? संक्रमण भइसकेपछि मानिसको शरीरमा कस्ता लक्षण देखिन्छन् त ? कस्ता मानिस गम्भीर बिमारी हुन्छन् ? र कस्ता मानिस मृत्युको मुखमा पुग्छन् ? यसको उपचार कसरी गरिन्छ ?

फोक्सोमा हमला :
चीनको बुहान शहरको जिन्यिन्तान अस्पतालमा यस महामारीको उपचार गराइरहेका डाक्टरहरुले यसको उतर दिन सुरु गरिसकेका छन् । कोरोना भाइरस संक्रमित भएका ९९ मानिसको उपचारका विस्तृत विवरण “लांसेट मेडिकल जर्नल”मा प्रकाशित गरेको छ ।
वुहानको जिन्यिन्तान अस्पतालमा ९९ जना ल्याएएको थियो उनीहरुमा निमोनियाको लक्षण थियो । उनीहरुको फोक्सोमा गार्होे भएको थियो । फोक्सोबाट जहाँ अक्सिजन रगतमा जान्छ त्यहाँ पानी भरिएको थियो ।
दोस्रो लक्षण :
८२ मानिसमा ज्वरो थियो । ८१ मा खोकी थियो । ३१ मानिसलाई सास फेर्न गार्होे भइरहेको थियो । ११ लाई मांसपेशीमा दुखाइ थियो । नौ को भ्रम थियो । ८ जनालाई टाउको दुखेको थियो । ५ जनाको घाँटीमा बिमिराहरु आएको थियो ।
मरिसकेका मानिसमा देखिएको लक्षण :
कोरोना भाइरस संक्रमित जो दुईजनाको पहिला नै मृत्यु भइसकेको थियो उनीहरु स्वस्थ देखिन्थे । उनीहरुको लामो समयदेखि चुरोट खाने बानी थियो । हुनसक्छ यही कारण उनीहरुको फोक्सो कमजोर भएको थियो । ६१ वर्षका जुन मानिसलाई अस्पताल ल्याएको थियो उनी नराम्रोसँग निमोनियाले थलिएका थिए ।
उनलाई सास लिन धेरै गार्होे भएको थियो । यो पनि भन्न सकिन्छ कि तीे व्यक्तिको फोक्सोले काम गरेको थिएन । भेन्टिलेटरमा राख्नाका बावजुद उनको फोकसोले काम गरेन र मुटु धड्किन बन्द गरिदियो । दोस्रो व्यक्ति ६९ वर्षका थिए ।
उनलाई पनि सास लिन समस्या भएको थियो । उनलाई कृतिम किसिमको अक्सिजन दिने कोशिस गरेतापनि सफल भएन । निमोनियाले जब उनको ज्यान गयो त्यतिबेला उनको प्रेसर निकै कम थियो ।
कम से कम १० मानिसको मृत्यु :
२५ जनवरीसम्म ९९ मानिसको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । त्यो दिनसम्म ५७ जना अस्पतालमा थिए भने ३१ लाई अस्पतालालबाट घर पठाइएको थियो । ११ जनाको मृत्यु भयो ।
यसको यो मतलब होइन कि कोरोना भाइरसबाट मर्नेको ११ प्रतिशत नै हुन् । तर यस कुराको शंका गर्न सकिन्छ कि अस्पतालमा भर्ना भएकाहरु मृत्युबाट हारे सायद हुनसक्छ सामान्य लक्षणसँग जुधेकाहरु अस्पताल नै पुग्न पाएनन् ।
संक्रमित मध्ये धेरै सीफूड बजारका कामदार :
वुहानको हुनान सीफूड बजारमा रहेका समुद्री जीवलाई कोरोना भाइरसको संक्रमणको कारण मानिन्छ । वुहानको जिन्यिन्तान अस्पतालमा ल्याइएका ९९ जना मध्ये ४९ जना यही सीफूड मार्केटसँग जोडिएका थिए ।
४७ जना हुआनान सीफूड मार्केटमा ती मेनेजरको रुपमा काम गर्थे कि पसल चलाउँथे । संक्रमित भएकामध्ये दुइजना यस्ता थिए जो सीफूड किन्ने ग्राहक थिए ।
अधवैंशेहरु बढी संक्रमित :
९९ मानिसमध्ये धेरै अधवैंशे थिए । जसमा पुरुषको उमेर ६७ थियो भने महिलाको उमेर ५६ वर्षको थियो । हालको ताजा तथ्याकं अनुसार यो भन्न सकिन्छ कि कोरोना भाइरस संक्रमित महिला र पुरुषको उमेरमा खाशै अन्तर छैन् ।
‘चीनको सेन्टर फ डिजिज कन्ट्रोल एन्ड प्रिवेंशन’का अनुसार ६ पुरुषको तुलनामा ५ महिलामा यसको संक्रमण पाइएको छ । यस अन्तर अनुसार भन्न सकिन्छ कि पुरुष कोरोना संक्रमणका कारण गम्भीर बिमारी हुनसक्छन् र तत्काल अस्पताल भर्ना गर्नुपर्दछ ।
सामाजिक तथा सांस्कृतिक कारण पनि भाइरसको संक्रमण पुरुषमा ज्यादा देखिन्छ । जिन्यिन्तान अस्पतालका डाक्टर ली झांग भन्छन्, “कोरोना भाइरसको संक्रमण महिलामा कम छ किनकि उनीहरुमा एक्स क्रोमोजोम तथा सेक्स हर्मोनका कारण धेरै रोग प्रतिरोधक क्षमता छ।”
जो पहिलेबाटै बिमारी थिए
९९ मानिसमा धेरै मान्छे महिला नै कुनै न कुनै बिमारीबाट ग्रसित थिए । त्यही कारण कोरोनाको संक्रमण हुनेको खतरा उनीहरुमा धेरै थियो । डाक्टरहरु यसलाई कमजोर रोग प्रतिरोधात्मक क्षमताको नतिजा मान्छन् ।
४० जनाको मुटु कमजोर थियो वा रक्तनलीमा समस्या थियो । उनीहरुलाई मुटुको रोग थियो वा पहिला नै मुटुमा समस्या भएको थियो । १२ जनालाई सुगरको समस्या थियो ।

बीबीसीमा आधारित
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…