देशका ७७ वटै जिल्ला समन्वय समितिका पदाधिकारी स्याङजामा भेला हुँदै

भवानी अधिकारी/स्याङजा :
माघ १० गते स्याङजामा ७७ वटै जिल्ला समन्वय समितिका पदाधिकारीहरुको जमघट हुनेभएको छ । जिल्ला समन्वय समिति महासंघ नेपालको स्थापना दिवस एवं रजत जयन्ती मनाइने भएपछि सबै समन्वय पदाधिकारीहरुको भेला स्याङजामा हुने भएको हो ।
जिल्ला समन्वय समिति स्याङजाद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी गराइएको हो । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित कार्यक्रमको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गर्नुहुने भएको छ ।
कार्यक्रममा संघीय, प्रादेशिक मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, मुख्यमन्त्रीहरु ल्गायत सबै जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सहभागितागरी झण्डैं ५ सय जना पाहुनालाई आमन्त्रण गरिएको समन्वय प्रमुख सीता सुन्दासले जानकारी दिनुभयो । पर्यटन बर्ष २०२० लाई लक्षित गर्दे स्याङजाका महत्वपूर्ण स्थलको पहिचान गराउन यस्ता कार्यक्रमले महत्व बढाउने बताइएको छ ।
देशभरबाट अतिथी स्याङजा आउनुले यहाँको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भएको छ । यहाका घरबासको र स्याङजाको सुन्तलाको प्रचार प्रसार हुनेछ । भ्रमण बर्षको अबसरमा हुन लागेकोे रजत जयन्तीले स्याङ्जालाई मुलुकभर परिचित गराउनेछ प्रमुख सुन्दासले भन्नुभयो । अतिथीलाई स्याङजाका कला संस्कृती र पर्यटकीय स्थलको पनि जानकारी एवं केही पर्यटकीय स्थलको समेत स्थलगत अवलोकन गराईने भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लामा पहिलो पटक हुन लागेको महासंघको रजत जयन्तीलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । रजत जयन्तीको तयारी सबै पुरा भएको आयोजकको भनाई छ । देशभरबाट आएका पाहुनाहरु २ दिन स्याङ्जा बस्नुहुने भएका छन भने उहाहरुको आवासीय ब्यवस्था पनि सदरमुकाममा मिलाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख दिलीपकुमार बगालेले स्वागत एवं जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालले संचालन गनुृभएको थियो ।

Facebook Comments Box
TOP