मोबाईल स्वास्थ्य कार्यक्रम मातृ र बाल मृत्युदरलाई कम गर्नमा सघाउ :नगर प्रमुख खाँण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले मोबाईल स्वास्थ्य कार्यक्रमले मातृ मृत्युदर र नवजात शिशुको मृत्युदरलाई कम गर्दै संस्थागत सुत्केरीको संख्या बढाउन मद्दत गर्ने बताउनुभएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा मेडिक मोबाईलको प्राविधिक सहयोगमा वालिङ नगरपालिकाको सभाहलमा सञ्चालन भएको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले मातृ मृत्युदर र बाल मृत्युदरको संख्यालाई न्यूनिकरण गर्नका लागि मोबाईल स्वास्थ्य कार्यक्रम अर्थपूर्ण र उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो ।
बालबालिकाको स्वास्थ्यका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र यसले भोलिका दिनमा प्रतिफल दिदै जाने नगर प्रमुख खाँणको भनाई थियो ।
मोबाईल स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै प्रक्रियाहरु पूरा गरी १४ वटै वडामा एकैसाथ शुरु गर्ने तयारीमा नगरपालिका रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
मेडिक मोबाइल संस्थाले मातृ तथा शिशु मृत्यु दर घटाउन मोबाइल स्वास्थ्य कार्यक्रम शुरु गरेको मेडिक मोबाईल परियोजना प्रवन्धक दुसला अधिकारीले बताउनुभयो ।
मोबाईल स्वास्थ्य कार्यक्रममार्फत महिलाहरु गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म स्वास्थ्यसम्बन्धी अवस्था र स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्य स्वांयसेविकाले मोबाइमार्फत जानकारी दिने परियोजना प्रवन्धक अधिकारीले बताउनुभयो ।
गर्भ जाँच गर्ने समय आएको र गर्भवती हुने समय आएको कुरा मोबाइलबाट जानकारी दिइने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुँदै गएको प्रवन्धक अधिकारीले बताउनुभयो ।
मोबाईल कार्यक्रममार्फत गर्भवती महिलाहरुलाई स्वास्थ्यसम्बन्धी जानकारी दिन सहज हुने र नियमित गर्भ जाँच गर्न सघाउ पु¥याउने भएकाले पनि यो कार्यक्रम उपयोगी हुने तालिममा सहभागी धनुबाँसे स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद अर्यालले बताउनुभयो ।
नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


