चापाकोट:केलादीलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन माघे सक्रान्ती मेला

आँधीखोला खबर/चापाकोट:
चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरीले चापाकोट क्षेत्रको समग्र बिकासका लागि सबै एकजुट हुनु पर्ने बताउनु भएको छ । ग्रामीण साहारा समाज चापाकोट ६ केलादीले माघे संक्रान्तीको अबसर पारेर आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको समापन गर्दै नगरप्रमुख गिरीले सबैको सहकार्यमा नै चापाकोटले मुहार फेर्ने बताउनु भएको हो ।
चापाकोटको बिकासमा आफूहरुले ध्यान केन्द्रित गरेको भन्दै प्रमुख गिरीले युवाहरुको सक्रियताले काम गर्न निक्कै सहजता हुने बताउनु भयो ।

तस्वीर-बिश्व भट्टराई


केलादीलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन माघे सक्रान्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । “आत्म साँची राखी मन, बचन र कर्मले सहयोग गरौं, लोपन्मूख कला संस्कृतिको जगेर्ना गरौं” भन्ने नाराका साथ ग्रामिण साहरा समाजको आयोजनामा कार्यक्रम गरिएको हो । कालीगण्डकी तटमा अवस्थित केलादीको धार्मिक महत्व दर्शाउन र चापाकोटको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै स्थानीय कला र संस्कृतिको प्रवर्धनका लागि कार्यक्रम गरिएको समाजका अध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा युवा नेता प्रदिप गिरी, नेपाली कांग्रेस चापाकोट नगर उपसभापति ज्ञानेश्वर बस्ताकोटी ,कांग्रेस १० का सभापति भुबन भन्डारी, ६ नम्बर का अध्यक्ष एकदेव भट्टराई ,कार्यपालिका सदस्य सुर्य माझी लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष नारायण भण्डारीको अध्यक्षता र रघु नाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत विश्व भट्टराईले गर्नु भएको थियो ।

प्रतियोगितामा आयोजक ग्रामिण साहरा समाज पहिलो भएको छ भने भलायटार युवा क्लव रामपुर दास्रो तथा दामाचौर युवा क्लव तेस्रो भएको छ ।
पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ४० हजार २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेकाछन्।

यो पनि पढ्नुहोस :

Facebook Comments Box
TOP