कालिगण्डकीको डाईभर्सनले सभ्यता : संकटमा पर्छ संबिधान सभा सदस्य थापा

बिश्वप्रकाश भट्टराई/चापाकोट :
संबिधान सभा सदस्य राजु थापाले कालिगण्डकी नदीको डाईभर्सन भएमा सभ्यता नै ंसंकटमा पर्ने बताउनु भएको छ । अस्तित्व नै संकटमा पार्ने गरी कालिगण्डकी डाईभर्सन हुन नदिने थापाको भनाई छ ।
चापाकोट नगरपालिकाको केलादीमा बृहत सांस्कृतिक कार्यक्रम सहित भलिवल प्रतियोगिता उद्घाटन गर्दै संबिधान सभा सदस्य थापाले युवाहरुको सक्रियताले कालिगण्डकी उपत्यकाको संरक्षण हुन सक्ने बताउनु भयो । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका युवा नेता थापाले राजनीति भन्दा माथि उठेर देशको बिकास गर्ने बेला आएको स्पष्ट पार्नु भयो ।
केलादीलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन माघे सक्रान्तीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।

“आत्म साँची राखी मन, बचन र कर्मले सहयोग गरौं, लोपन्मूख कला संस्कृतिको जगेर्ना गरौं” भन्ने नाराका साथ ग्रामिण साहरा समाजको आयोजनामा कार्यक्रम शुरु भएको हो ।
कालीगण्डकी तटमा अवस्थित केलादीको धार्मिक महत्व दर्शाउन र चापाकोटको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै स्थानीय कला र संस्कृतिको प्रवर्धनका लागि कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका चापाकोट उपसभापति ज्ञानेश्वर बस्ताकोटी,महाधिबेशन प्रतिनिधी गुरु प्रसाद भट्टराई, नारायण दास लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष नारायण भण्डारीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन माधव भट्टराईले गर्नु भएको थियो ।
माघ १ गते सम्म सञ्चालन हुने कार्यक्रमको समापन चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले गर्ने कार्यक्रम रहेको छ ।

समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…