निशुल्क उच्च शिक्षा प्रदान गर्ने बालसिद्ध माविले मनायो बार्षिकोत्सव

गोपिकृष्ण रेग्मी/ स्याङजा :

स्याङजाको वालिङ नगरपालिका वडा न ७ केवरे भञ्ज्याङमा रहेको बालसिद्ध माविको ४४ औं वार्षिक उत्सव एवंम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर उप-प्रमुख कल्पना तिवारीले शिक्षा क्षेत्रमा नेपालकै सरकारी विद्यालयमा अब्वल रहेको बालसिद्ध मावि अव प्राविधिक तथा ब्यवहारिक शिक्षा तर्फ नमुना विदयालय बनाउनु पर्नेमा जोड दिनुभयो । तिवारीले भन्नुभयो “सुन्दा अचम्म लाग्ला ,तर अचम्म मान्नु पर्दैन । सरकारी विदयालयमा निशुल्क पढाइ हुने देशकै एक मात्र विदयालय भन्दा फरक नपर्ला । कक्षा नर्सरी बाट १० कक्षा सम्म अङग्रेजी माध्यममा र कक्षा १ बाट १२ कक्षा सम्म नेपाली माध्यममा उच्च शिक्षा हासिलका लागि बिएड सम्म पढाइ हुने बालसिद्ध मावि स्मार्ट सिटिको रुपमा अगाडी बढिरहेको नगरको उत्कृष्ट विदयालयमा पर्छ । जून विदयालयमा तन ,मन र धन लगाएर यस क्षेत्रका समाजसेवी लक्ष्मी कान्त रेग्मीले योगदान गर्नुभयो ।

तस्वीर-श्रीकृष्ण सिग्देल

२०१५ सालमा प्रावि,२०२८ सालमा निमावि,२०३२ बाट मावि बन्न सफल विदयालयमा ४८४ जना विदयार्थीले अध्ययन गरिरहेका छन । यो विदयालयमा विएड सम्म निशुल्क पढाइ हुने देशकै एक मात्र सरकारी विदयालयमा पर्छ । ग्रामिण क्षेत्रमा रहेर शिक्षा नै जीवन हो भनेर निशुल्क पढाइ हुने यस विदयालयमा शिक्षक ,विद्यार्थी र अभिभावक विच ओदान जस्तै मिलेर विद्यालयको भौतिक पूर्वाधार ,शैक्षिक गुणस्तर सिकाइमा अगाडी बढिरहेको विदयालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले बताउनु भयो ।

विदयालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विदयालयका प्राचार्य तारा प्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजसेवी तिलकराम उपाध्यय,पूर्व प्राचार्य श्याम प्रसाद रेग्मी वडा नं.७ का वडा अध्यक्ष पाण्डु कुमार थापा लगाएतले विदयालयको प्रगतीको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

विद्यालयका शिक्षक भूपराज अर्यालले १ करोड २५ लाख बराबरको आम्दानी खर्च प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्व शिक्षकहरु ,अभिभावक बाट सिमा गुरुङ,अम्बि गुरुङ पत्रकार तथा समाजसेवी व्यक्तिहरुलाई विदयालयको प्रगतीमा सहयोग पु¥याए बापत दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभूषाका झाकी तथा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

Facebook Comments Box
TOP