गर्भपतन सम्बन्धी पुनर्ताजगी तालिम वालिङमा सम्पन्न (भिडियो सहित)
आँधीखोला खबर/वालिङ :
वालिङमा गर्भपतन सम्बन्धी पुनर्ताजगी तालिम आईतबार सम्पन्न भएको छ । आईपास नेपालको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजगी तालिम दिईएको हो ।
तालिममा नगरपालिका भित्रका ४० जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । सो अवसरमा उपप्रमुख कल्पना तिवारीले आफ्नो स्वास्थ्यमा पुर्ण ध्यान दिनुपर्ने भन्दै सुरक्षित गर्भपतनको बारेमा सबै महिलाहरु जानकार हुुनुपर्ने बताउनुभयो ।

उहाँले स्वयंसेविकाहरुले विभिन्न ग्रामिण भेगमा रहनुभएका महिलादिदीबहिनीहरुलाई सुरक्षित गर्भपतन कहाँ र कसरी गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आईपासका गण्डकी प्रदेश कोअर्डिनेटर थमकुमारी कुँवर र वालिङ नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुाराम सापकोटाको अध्यक्षता र सामाजिक विकास समिति संयोजक एबं कार्यपालिका सदस्य युगमाया पंगेनीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


