भीरकोट : ढापुक स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण

आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिका ८ स्थित ढापुक स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । शहरी भवन डिभिजन कार्यालय पोखराले आईतबार भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । १ करोड ७८ लाख २२ हजारमा २ तले १३ कोठे पक्की भवन निर्माण सम्पन्न गरिएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा भीरकोट १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले नवनिर्मित भवनबाट नागरिकले सहजै स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रवक्ता केसीले स्वास्थ्यलाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउन नगरपालिका समेत बिभिन्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत अहेब आषबहादुर गुरुङ र सञ्चालन स्वास्थ्य चौकी ईन्चार्ज तथा सिनियर अहेब दिलबहादुर नेपालीले गर्नुभएको थियो
उक्त स्वास्थ्यचौकीबाटवडा नं८ का र ६ का स्थानीयले समेत उक्त स्वास्थ्य चौकीबाट सेवा लिईरहेका छन् ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…