भीरकोट : ढापुक स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिका ८ स्थित ढापुक स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । शहरी भवन डिभिजन कार्यालय पोखराले आईतबार भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । १ करोड ७८ लाख २२ हजारमा २ तले १३ कोठे पक्की भवन निर्माण सम्पन्न गरिएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा भीरकोट १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले नवनिर्मित भवनबाट नागरिकले सहजै स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रवक्ता केसीले स्वास्थ्यलाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउन नगरपालिका समेत बिभिन्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत अहेब आषबहादुर गुरुङ र सञ्चालन स्वास्थ्य चौकी ईन्चार्ज तथा सिनियर अहेब दिलबहादुर नेपालीले गर्नुभएको थियो
उक्त स्वास्थ्यचौकीबाटवडा नं८ का र ६ का स्थानीयले समेत उक्त स्वास्थ्य चौकीबाट सेवा लिईरहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


