स्याङजा जिल्ला अस्पतालबाट टेलिमेडिसिन सेवा सुरु
भवानी अधिकारी /स्याङजा :
पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पताल स्याङजाले बिहीवारदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । जिल्ला अस्पताल स्याङजाकाद्धारा अस्पतालमा आयोजित कार्यक्रम मार्फत दुर चिकित्सापद्धतीको सुभारम्भ भएको जानकारी गराएको हो । इन्टरनेटको सहायताले भिडियो कल, स्काईप, म्यासेन्जर, भाइवर मार्फत पनि बिरामी र सम्बन्धित डाक्टरको भेटवार्ता गरिने पद्धतीलाई टेलिमेडिसिन भनिन्छ ।
टेलिमेडिसिन सेवाको सुभारम्भ गर्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले सूचना प्रबिधिका कारण विश्व नै नजिक बनाएको बेला यस्ता प्रबिधिको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । इन्टरनेट मार्फत विरामी र डाक्टरसंगको साक्षात्कार भेटवार्ता गरी आफना मार्का र पीडालाई सहज बनाउनुका साथै रोग निर्मुल बनाउन सहयोग पुग्नेमा उहाले जोड दिनुभयो । पुतलीबजार नगरपालिकामा रहेको जिल्ला अस्पतालको गुणस्तरीयतामा कमी आउन नदिन आफुले आवश्यकता अनुरुपको सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रमुख क्षेत्रीले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा. रामहरि शर्मा, अस्पतालका डा. नारायण गोदार, च्याम्बर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी लगायतले टेलिमेडिसिनका उपयोगीता र आवश्यकताका बारेमा जानकारी गराउनुभएको थियो । अस्पताल विकास समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल प्रमुख डा. सुशिल मरासीनीले स्वागत एवं मेडिकल रेकर्डर सुपरभाइजर बुद्धिसागर अधिकारीले संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका ३ घरभई बिगत १० बर्षदेखि अमेरिकामा बस्दै आउनुभएका बालरोग विशेषज्ञ डा. रामहरी शर्माको समन्वयमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो । शर्माले बालरोग सम्बन्धी सहजीकरण गर्नुहुने जनाईएको छ ।
पुतलीबजार नगरपालिका ३ मा रहेको जिल्ला अस्पतालले आन्तरिक स्रोत ब्यवस्थापन गरेर टेलिमेडिसिन संचालनमा ल्याएको अस्पतालका सुपरीटेनडेन्ड डा. सुशिल मरासीनीले जानकारी दिनुभयो । आगामी दिनमा अस्पतालका आवश्यकता अनुरुप थप जनशक्ति र उपकरणको बृद्धि गर्दै अन्य सुबिधासम्पन्न अस्पतालसंग समन्वय गर्दै रोग निदानका कार्य गरिने उहाको भनाई छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


