स्याङजा महोत्सव : ब्यवसायीहरुका आधिकारिक संस्था उद्योग वाणिज्य संघ हो – ढकाल

भवानी अधिकारी/स्याङजा :

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग ब्यवसायीहरुका आधिकारिक संस्था भनेको उद्योग वाणिज्य संघ भएको बताउनु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्धारा आयोजित छैठौं स्याङ्जा महोत्सवको शुक्रवार उदघाटन गर्दै उपाध्यक्ष ढकालले सबै बर्ग र तहका ब्यापारिको हक, हित र अधिकार सुनिश्चिताका लागि बर्षौंदेखि क्रियाशिल संघ अव पनि झनै क्रियाशिल भएर लागि पर्ने बताउनुभयो । ब्यवसाय र ब्यवसायी फस्टाए मात्र मुलुकको समृद्धी हुने बताउदै स्थानीय, प्रदेश एवं संघ तहका सरकारले ब्यापारिलाई हेर्ने दृष्ट्रिकोण समान बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष संजीव कोइराला, तनहुँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष मनकाजी श्रेष्ठ, नेकपा सचिवालय सदस्य शैलेन्द्र घिमिरे, नेपाली कांग्रेस कार्यवाहक सभापति वुद्धिबहादुर राना कुमार, राष्ट्रिय प्रजातन्त्र पाटीका रामबन्धु रेग्मी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं महासचिव भिमप्रसाद श्रेष्ठ र पत्रकार प्रकाश डोटेलले संचालन गर्नुभएको थियो ।


स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक विकासको पूर्वाधार” भन्ने मुलनारा सहित छैटौ महोत्सव सुरु भएको हो । कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरिय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सबका आकर्षण रहनेछन । महोत्सबमा बाल उद्यान, कृषि, फेन्सी, भाडा, कृषि औजार, मोटरसाइकल, खाद्यान्न, होटल, लगायतका २ सय स्टल राखिएका छन । १३ दिन सम्म संचालन हुने महोत्सवमा आठ करोडको ब्यापार हुनुका साथै ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटकले अबलोकन गर्ने जनाइएकोछ ।। महोत्सबमा एक करोड १५ लाख १० हजार आम्दानी गर्दै ६५ लाख ५० खर्चगरी बचत रकमलाई सामाजिक कार्य स्याङ्जा बजारमा सिसी क्यामेरा जडान जस्ता सामाजिक क्षेत्रमा खर्च गरिने भएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, शुक्रवार बिहान ११ देखि शिक्षाचोकबाट बाजागाजा सहित बिभिन्न जातजाती, धर्म संस्कृति, बिद्यार्थी, युवा युवती, भूतपूर्व सैनिक लगायतका झाँकी तथा रयालीले नगर परिक्रमागरी मालेबगरमा पुगेर उदघाटन कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments Box
TOP