सन्चारकर्मी रखाली मगरद्धारा जन्मदिनमा शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण ।
नुक्त भुजेल/तनहुँ :
सन्चारकर्मी विनोद रखाली मगरले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरी मनाउनुभएको छ । मगरले आफ्नो ३० औं जन्मोत्सवका अवसरमा विहिबार व्यास नगरपालिका वडा न.१० दुम्सीमा रहेको श्री शिव माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका परिवारका १२ जना जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा, स्कुल झोला र शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
जन्मजयन्ती मनाउने क्रममा हुने फजुल खर्चलाई कटौटी गरी आर्थिक विपन्न भएका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दा विद्यार्थी भाईवहिनीहरुको पढाईमा थप सहयोग पुग्ने हुदा यो अभियान सन्चालन गरेको रखाली मगरको भनाई थियो । आगामी दिनमा पनी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको विवरण संकलन गरी सहयोग कार्यलाई जन्मदिनमा मात्र सिमित नराखी अन्य समयमा पनि सहयोग गर्ने मगरले प्रतिवद्धता जनाउनुभएको छ ।

सहयोग वितरण कार्यक्रममा बोल्दै विद्यालयमा स्थापित रत्नहरी छायादेवि सुवेदी छात्रवृति अक्षय कोषका संरक्षक समाजसेवि तुलसीराम सुवेदीले विभिन्न समयमा गरीने फजुल खर्चलाई रचनात्मक कार्यक्रम मार्फत विद्यार्थीको अध्ययनमा टेवा पुर्याउन सकिने भन्दै हामी सवैले सृजनात्मक कार्यको सिको गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक तिर्थराज परीयार, पूर्व प्रध्यानध्यापक गोपाल बहादुर थापा मगर, नेपाल विद्यार्थी संघका नेता गौरवराज राना मगर, शिक्षिका संजिता दरै लगाएतले सन्चारकर्मी रखाली मगरले रचनात्मक कार्यको सुरुवात गरेको भन्दै जन्मदिनमा हुने फजुल खर्चलाई यसरीनै आर्थिक अवस्था कमजोर भएका कलिला बालबालिकाको अध्ययन खर्चमा सहयोग गर्ने प्रवृतीको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


