वालिङ : माझकोटमा निशुल्क स्वास्थ्य शिविर, २५० भन्दा बढिले लिए सेवा ।
आँधीखोला खबर/वालिङ:
वालिङ हस्पिटल प्रालीको आयोजनामा वालिङ ३ वडा कार्यालयको व्यवस्थापनमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार वालिङ ३ माझकोटमा सम्पन्न भएको छ ।
एक दिने निशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जना भन्दा बढी बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।
कार्यक्रममा वालिङ ३ का वडा अध्यक्ष शुकबहादुर गुरुङले आगामी दिनमा पनि यस खालका निशुल्क शिविरहरुलाई निरन्तरता दिनु आवश्यक रहेको बताउदै स्वास्थ्य उपचारका शिविरहरु गाउँ गाउँमा सञ्चालन गर्दै ग्रामीण भेगका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउँदै लानुपर्ने बताउनुपर्ने बताउनुभयो । अध्यक्ष गुरुङले स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन भएकाले हेलचेक्य्राई गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा वालिङ हस्पिटल प्रालीका संचालक सुर्यप्रसाद गैरे ,हेमप्रसाद गैरे , यामबहादुर गुरुङ , हुमबहादुर गुरुङ , तारा श्रेष्ठ , श्यामकला काफ्ले ,डोलप्रसाद रेग्मी ,स्वोबित बहादुर खड्का लगायतकाको सहभागिता रहेको थियो ।
वालिङ हस्पिटल प्रालीका अध्यक्ष शोभाकान्त पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी पदमराज गुरुङ र संचालन वालिङ हस्पिटल प्रालीका सचिव खगेन्द्रराज अर्यालले गर्नुभएको थियो ।

स्याङ्जा जिल्ला अस्पतालका डा. अन्जु अर्याल , वालिङ हस्पिटल प्रालीका डा. सन्दिप चौलागाई र डा. सुनिता गुरुङ लगायत २० जना स्वास्थ्यकर्मीहरुकोे सहभागितामा शिविर
सञ्चालन गरिएको हो । सो अवसरमा निशुल्क भिडियो एक्सरे , पाठेघरको मुखको क्यान्सरको परिक्षण , आङ खस्ने महिलाहरुको लागी रिङ राख्ने व्यवस्था , निशुल्क प्रयोगशाला परिक्षण गराई निशुल्क औषधी वितरण गरिएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


